कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
नेपालबहस संवाददाता
जेठ २०, २०८० शनिबार १६:५:१६
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका तेस्रो पुस्ताका नेताहरुले सुरु गरेको पार्टी रुपान्तरण अभियान अन्नतर्गत शनिवार पोखरामा नेता तथा कार्यकर्ताको भेला आयोजना गरिएको छ । पार्टी नेतृत्व सत्ता प्राप्तिको खेलभन्दा बाहिर निस्किन नसकेको भन्दै कांग्रेसलाई आमजनसँग जोड्न उक्त अभियान थालिएको नेताहरुले बताएका छन् ।
अभियानको गण्डकी प्रदेश अन्तर्गतका आज पोखरामा राखिएको हो । केन्द्रबाटै केही कार्यक्रम गरिने नदेखिएपछि अभियान थालिएको नेताको भनाइ छ । कांग्रेसमा अहिले भइरहेको गतिविधिले उसको लोकतान्त्रिक चरित्रमै प्रश्न उठिरहेको महसुस आफूहरुले गरेको अभियानका नेताहरु बताउँछन् । कांग्रेस आफ्नो पूर्व लोकतान्त्रिक मान्यता अनुरुप नचलेको र पार्टि २००७ सालको क्रान्तिअघि जन्मिएको भएपनि समय सापेक्ष माग पूरा गर्न नसक्ने अवस्था देखिन थालेको भन्दै अभियान चलाउनु परेको उनीहरुको भनाइ छ ।
गएको आम निर्वाचन र त्यसपछि सम्पन्न उपनिर्वाचनको परिणामले कांग्रेस कार्यकर्ताहरुमा निराशा बढेको छ । कांग्रेसको जनमत घट्दो रहेको देखिएको छ । यस्तो अवस्थामा पनि सभापति शेरबहादुर देउवा सरकारबाहिर आउन नसक्दा पार्टी नै अन्योलम परेको तेस्रो पुस्ताका नेताहरुलाई लागेको छ ।
अभियानका क्रममा कांग्रेसलाई आगामी दिनमा कसरी लैजाने भन्ने विषयमा सुझाव संकलन गरिने बताइएको छ । अभियान सातै प्रदेशका विभिन्न जिल्लामा सञ्चालन हुनेछ । प्रतिनिधिमूलक रुपमा प्रदेशमा विशेष कार्यक्रम गर्ने र अभियानका क्रममा स्थानीय सरकारमा कांग्रेसका प्रतिनिधिले गरिरहेका कामका विषयमा पनि सुझाव संकलन गरिने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार