क्यानले भोली सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १४:७:१०
२१ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले अफ्रिका पठाउने भएको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले लामिछानेलाई सोमबार बेलुकी दक्षिण अफ्रिका पठाउन लागेको हो ।
आईसीसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली हाल दक्षिण अफ्रीकामा रहेको छ । यही बिचमा लामिछानेको मुद्दाको पेसी परेको भन्दै क्यानले उनलाई टोलीसँगै पठाएको थिएन ।
यस्तै क्यानका अनुसार भिसा समस्याका कारण जान रोकिएका नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाई पनि केही दिनमा नै दक्षिण अफ्रीका जाने भएका छन् । । देसाईको भिसाको काम अन्तिम तिर पुगेकाले केही दिनमा नै उनी दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीमा सामेल हुने क्यानले जनाएको छ ।
दक्षिण अफ्रीकामा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । नेपालले जेठ २५ गते बिहिबार पहिलो खेल स्कटल्यान्डसँग रहेको छ । जेठ २७ गते शनिबार नेदरल्यान्ड्ससँगको दोस्रो अभ्यास खेल रहेको छ । अभ्यास खेल ५० ओभरको रहने छ । नेपाली टोली गत मंगलबार दक्षिण अफ्रीका प्रस्थान गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार