फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार ११:४५:३
२१ जेठ, खोटाङ । खोटाङको फोक्सिङटार–सिमपानी (राजापानी) सडक कालोपत्रेको काम सुरु गरिएको छ । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग ९१०१ किलोमिटर०को महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत फोक्सिङटार–सिमपानी (२७ किलोमिटर) सडकमा प्राईमकोट राख्न सुरु गरिएको हो ।
ठेक्काको म्याद नाघेको वर्षदिनभन्दा बढी समय बितेपछि ठेकेदार कम्पनी देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले जेठ २० गतेदेखि फोक्सिङटार–सिमपानीको रसुवाघाट खण्डमा प्राईमकोट राख्न सुरु गरेको गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरका योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए । प्राईमकोटमाथि कम्तीमा ४८ घण्टापछि डिबीएसटी राखिन्छ । निर्माण कम्पनीले करिब चार किलोमिटर खण्डमा प्राईमकोट राखिसकेका छन् ।
खोटाङका प्रदेशसभा सदस्य भुपेन्द्र राईले ठेकेदार, सडक विभाग लगायतमा पुगेर निरन्तर दवाव सिर्जना गरेपछि निर्माण कम्पनीले प्राईमकोट राख्न सुरु गरेको हो । सडक कालोपत्रेको काम अलपत्र पार्ने ठेकेदारको बिरोधमा प्रदेशसभा सांसद पाँचकर्ण राई नेतृत्वको स्थानीयले पनि वैसाख १७ गते महुरे ९नुनथला०मा सडकमै बसेर डेढ घण्टा चक्का जाम गरेका थिए ।
ठेकेदार कम्पनी देवनारायण पवनरमैनाचुलीरखाम्पाचे जेभीले सम्झौता अनुसारको काम नगर्दा सडक कालोत्रेको काम वर्षौंसम्म अलपत्र परेपछि गाईघाट दिक्तेल सडक योजनाको कार्यालय उदयपुरले २०७९ पुस ८ गते फोक्सिङटार–सिमपानी ९राजापानी० र उदयपुरको अँधेरी खोला–फोक्सिङटार सडक खण्डको ठेक्का तोड्ने निर्णय गरेको थियो । ठेक्का तोड्ने निर्णय विरुद्ध ठेकेदार अदालत पुगेपछि अदालतले अन्तिम फैसला नआएसम्मका लागि सडक कालोपत्रेको ठेक्का तोड्ने निर्णय कार्यान्वयन नगर्न, निर्माण कम्पनीलाई कालोपत्रेको नियमित काम गर्न दिन र समय–समयमा कामको प्रगतिबारे अनुगमन गर्न माघ ४ गते अन्तरिम आदेश दिएको थियो । तर अदालतको आदेशमा ठेक्का तोड्ने निर्णय उल्टाउन सफल भएका ठेकेदारले फर्किएर सन्तोषजनक प्रगती देखाउन सकेका छैनन् ।
अन्तिम फैसलाका लागि जेठ २४ गते तोकिएको पेशीमा कालोपत्रेको प्रगती विवरण पेस गर्नुपर्ने भएका कारण ठेकेदार काम गर्नैपर्ने दवावमा परेका छन् । अदालतको अन्तिम फैसला आफ्नोपक्षमा पार्नका लागि पनि ठेकेदारले काम गरेको देखाउन खोजेको अनुमान गरिएको छ । कालोपत्रेको प्रगती विवरण उपलव्ध गराउनका लागि अदालतले सडक विभागमार्फत पठाएको पत्र आइतबार गाईघाट दिक्तेल सडक योजनाको कार्यालय पुगेको छ ।
ठेक्काको म्याद समाप्त हुँदासम्म पनि खरिद सम्झौता बमोजिम कार्य सम्पादन गर्नेतर्फ कुनै चासो नदेखाएको भन्दै कार्यालयले ठेक्का तोडेको सुचना जारी गरेको थियो । ‘फैसलामा कसले हार्छ, कसले जित्छ, चासोको विषय होईन, खोटाङले हार्नु भएन । निर्माण कार्यले निरन्तरता पाउँदै योजना सम्पन्न हुनुपर्यो,’ प्रदेश सांसद राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्यायालयको फैसलालाई प्रभावित पार्न कोसिस गरिएको हो भने त्यो निकै महंगो पर्नेछ । अव खोटाङ झुक्किने छैन, ढाँटिने छैन । छलछाम अब खोटाङमा चल्दैन ।’
यस्तै महुरे–फोक्सिङटार सडक खण्डको ठेक्का महुरे–राजापानीको सिमपानी ९२२ किलोमिटर० सडक कालोपत्रेको काम भारत कन्ट्रक्सनरसिद्धीशाही जेभीले लिएको छ । गत पुस अन्तिम सातादेखि निर्माणस्थलबाट उपकरण उठाएर अन्यत्र लैजान थालेको भारत कन्ट्रक्सनरसिद्धीशाही माघ ४ गते क्रसरको सामान उठाएर हिँडिसकेको छ । दिक्तेल–गाईघाट सडक तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ फागुन १४ गते शिलान्यास गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुग्लिन–पोखरा सडक विस्तार : म्याद सकियो, काम सकिएन
बैशाख ९, २०८१ आइतबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज निर्माणले पायो तीव्रता
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज अनुमोदन
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीमा नेपालको झण्डाको अवस्था !
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
सोलुखुम्बुमा डढेलो बस्तीमा फैलिँदा पाँच घर जलेर नष्ट
बैशाख १२, २०८१ बुधबार
समुन्द्रमा ५ आप्रावासीको मृत्यु भए पछि बेलायतमा हंगामा
बैशाख १२, २०८१ बुधबार