भारतमा विद्युत निर्यातसम्बन्धी सम्झौताका लागि सांसद कार्कीले दिए धन्यवाद
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १७:१८:२५
२२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीले सरकारले भारतमा वार्षिक १० हजार मेगावाट निर्यात गर्ने गरी भएको सम्झौताका लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी ‘आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित राजश्व तथा व्ययसम्बन्धी प्रस्ताव’माथिको छलफलमा भाग लिँदै सांसद कार्कीले यस्तो बताएका छन् ।
हालै भएको प्रधानमन्त्रीको भारत भ्रमण नेपालमा उत्पादित विजुलीमध्ये वार्षिक १० हजार मेगावाट बिक्री गर्ने सम्झौता भएको भन्दै उनले धन्यवाद दिए । विद्युत निर्यातबाट मुलुकको व्यापार घाटा घटाउन सघाउन पुग्ने उनले विश्वास व्यक्त गरे ।
उनले सरकारले ल्याएको आर्थिक वर्ष २०८०÷८१ को बजेट जनता र देशको आवश्यकतालाई समेट्ने गरी आएको भन्दै सबै मिलेर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । भारतको चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतका समकक्षी नरेन्द्र मोदीको समुपस्थितिमा आगामी १० वर्षभित्र भारतले नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने भनी उर्जासचिव र भारत समकक्षीबीच विद्युय व्यापारसम्बन्धी सम्झौता भएको थियो
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
माथिल्लो अरुण र दुधकोसी आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ प्रयोग गरिने
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार