ब्यूँताइएको सांसद विकास कोषबारे रास्वपाको दोहोरो चरित्र
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १८:२:९
२२ जेठ, काठमाडौं । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र.(रास्वपा)ले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ब्युँताएको सांसद विकास कोषबारे दोहोरो चरित्र देखाएको छ ।
जेठ १५ गते अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेका बजेटमा यसअघि हटाइएको सांसद ताेषिमा कार्की लगायतले आफ्नो निर्वाचन क्षेत्रमा विकास खर्च गर्न छुट्याइएको ५/५ करोड बजेट व्यवस्था खारेज गर्न संसद सचिवालयमा संकल्प दर्ता गराएको थियो । त्यसमाथि छलफल भएको छैन ।
तर सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वश्रममन्त्री समेत रहेका रास्वपाका सांसद डोलप्रसाद अर्यालले सांसदको निर्वाचन क्षेत्रमा विकासमा खर्च गर्ने पाउने गरी ५/५ करोड रुपैयाँ छुट्याउने काम उपयुक्त रहेको बताए ।
सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी ‘आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित राजश्व तथा व्ययसम्बन्धी प्रस्ताव’माथिको छलफलमा भाग लिँदै सांसद गैरेले यस्तो बताएका हुन् । ‘बजेटमा अथमन्त्रीज्यूले सांसदलाई आफ्नो निर्वाचन क्षेत्रका लागि ५/५ करोड रुपैयाँ बजेट पुनः दिने व्यवस्था गरेर राम्रै गर्नुभएको छ’ उनले भने, ‘तर यसलाई पूर्ण रुपमा खर्च हुने गरी कसरी र कुन तरिकाबाट गर्नेबारे संसदमा छलफल हुनुपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार