अर्थमन्त्री महतमाथि घरानालाई पोस्ने गरी करको दर हेरफेर गरेको आरोप
छानबिन गर्न संसदीय समिति गठनको माग, समिति नबने बैठक अवरुद्ध पार्ने चेतावनी

नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १८:२३:१९

२२ जेठ, काठमाडौं । प्रतिपक्षी तल राप्रपाले अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी कर्मचारीको संलग्नतामा घरानालाई पोस्न करको दरमा हेरफेर गरेको आरोप लगाएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले जेठ १५ मा संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गरेको आगामी आवको बजेटमाथि चलेको छलफलमा यस्तो आरोप लगाएको छ ।
सो बजेटमाथि छलफल गराउन आज अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी ‘आर्थिक वर्ष २०८०/८१ को अनुमानित राजश्व तथा व्ययसम्बन्धी प्रस्ताव’ पेस गरेका थिए । प्रस्तावमाथि धारणा राख्दै राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले बजेट प्रस्तुत भएको अघिल्लो साँझ अर्थमन्त्रालयमा अर्थमन्त्री महतले एक अवकाशप्राप्त नायव सुब्बालाई राखेर बिजुली गाडी, विलासी मोटरसाइकल र चुरोटमा केही निश्चित व्यापारिक घरानालाई फाइदा हुने गरी करका दर हेरफर गरेको टिप्पणी गरे । कर दर हेरफेरले ज्यलाई अर्बौं रुपैयाँ नोक्सान भएको उनको तर्क छ ।
उनले विगतमा पनि यस्तो घटना भएको उल्लेख गर्दै कर दर हेरफेर गरिएको घटनामाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरे । समिति गठन नभए मंगलबारदेखि संसद बैठक चल्न नदिने चेतावनी समेत दिए ।
शाही भन्दा पहिले बोलेका एमाले सांसद ठाकुर गैरेले पनि करको दर हेरफेर गर्ने कार्यमा संलग्नतामाथि छानबिन हुनुपर्ने धारणा राखे ।
सरकारले आगामी आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक गरेको छ । बजेटमाथि सांसदहरूले छलफल गर्दै विभिन्न सुझाव दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतले सुधार हुने विश्व बैंकको विश्लेषण
असोज १६, २०८० मंगलबार
सार्वजनिक खरिद प्रणालीलाई प्रभावकारी बनाउन एकीकृत सुधार कार्यक्रम गरिने
असोज १५, २०८० सोमबार
महिला भलिबल : नेपाल भारतसँग पराजित
असोज १७, २०८० बुधबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार