पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १०:५०:२५
२३ जेठ, काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतले क्यानाडामा प्रस्तुती दिने भएका छन् । आफ्नो लोकप्रिय गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारीमा रहेका गायक प्रकाशले आउँदो जुलाई १६ मा ‘सकम्बरी साँझ विथ प्रकाश सपुत’ मा आफ्नो प्रस्तुती दिदैछन् । आगन इभेन्ट्स एण्ड झुमर इन्टरटेनमेन्ट कर्पोरेशनको आयोजनामा गायक प्रकाश पहिलो पटक क्यानाडा प्रस्तुत हुँदैछन् ।
‘क्यानाडा आउँदैछु । निकै खुशी छु, यहाँ आफ्नो प्रस्तुती दिनेछु’, गायक प्रकाशले भने, ‘अन्य देशमा बारम्बार प्रस्तुती दिए पनि क्यानाडामा भने पहिलोपटक प्रस्तुत हुँदैछु ।’ उनी आफ्नो प्रस्तुतीलाई लिएर उत्साहित छन् । कार्यक्रममा प्रकाशसँगै स्थानीय कलाकर्मीले आफ्नो प्रस्तुती दिनेछन् ।
दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र ‘बोलमाया’ स्थापित भएका प्रकाशको प्रस्तुती हेर्न क्यानाडामा रहेका नेपाली प्रतिक्षारत रहेको आयोजक ज्ञान भण्डारीले जानकारी दिए । ‘प्रकाशजी लाई प्रत्यक्ष सुन्न र हेर्न हामी प्रतीक्षा गरिरहेका छौं । उहाँको गीतहरू नेपाल झैँ क्यानाडामा पनि लोकप्रिय छन्’, ज्ञानले भने । उनी नेपाली गतिविधीमा सक्रिय रहेर नेपाली कला र संस्कृतिलाई क्यानाडामा प्रवद्र्धन गर्न तत्पर युवा व्यावसायी हुन् ।
उनले यो कार्यक्रम गर्नुको उदेश्य नै संस्कृति र कलाको प्रवद्र्धन रहेको बताए । ‘कार्यक्रमबाट आर्जन भएको मुनाफा धार्मिक कार्यमा हस्तान्तरण गर्ने छौ’, उनले भने । मिलक्रिक रोड, मिसीसागामा रहेको स्वागत ब्याङ्कवेट हलमा हुने कार्यक्रममा प्रवेशवापतको शुल्क क्यानाडीयन ३० ९तीस० डलर राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
आस र डर त्रासमा कांग्रेस, के हो देउवा र रविको भित्री कुरा ?
केदार भट्टराई (काका)
चैत १२, २०८० सोमबार
टेरामक्स रोक्ने मुख्यसचिवको दौड, किन हच्किए राई ?
नेपालबहस संवाददाता
चैत १२, २०८० सोमबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
ठूलो दुर्घटनाबाट जोगियो श्री एयरको जहाज, ७७ यात्रु सुरक्षित
चैत १५, २०८० बिहिबार
के तपाईलाई थाहा छ, शेर र शेरनीमा को बढी खतरनाक हुन्छ ?
चैत १५, २०८० बिहिबार
हुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
गरिमा विकास बैंकको सीईओमा माधव आचार्य नियुक्त, चार वर्षे कार्यकाल
चैत १५, २०८० बिहिबार