पशुमा पूर्ण खोपसँगै प्रभावकारिता मूल्याङ्कन
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १६:८:५६
२३ जेठ, कास्की । गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन भइरहेको छ । रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि प्रदेश सरकारले पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरेको हो ।
प्रदेशको कृृषि मन्त्रालयअन्तर्गत पशुपन्छी विकास निर्देशनालय मातहतका जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुले स्थानीय तहहरुसँगको सहकार्यमा पालिकाहरुमा पुगेर पशुमा खोप कार्यक्रम सञ्चालन गरेका हुन् । पशुमा खोपसँगै खोपको प्रभावकारिता मूल्याङ्कन ९सेरो मनिटरिङ० पनि सुरु भएको छ । खोपको प्रभावकारिता मूल्याङ्कन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा र निर्देशनालयले पूर्ण खोप कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा पुगेर नमूना परीक्षण गरिरहेको हो ।
पशुपन्छी विकास निर्देशनालय र पशुरोग अन्वेषण प्रयोगशालाबाट खटिएका प्राविधिकहरुले खोपको प्रभावकारिता परीक्षणका लागि खोप लगाइएका पशुको रगत सङ्कलन गरी प्रयोगशालामा परीक्षण गरिएको निर्देशनालयका अधिकृत सुरेशकुमार श्रेष्ठले बताए । खोपकर्ताहरुबाट कृषकको फार्म तथा गोठहरुमा पूर्ण खोप कार्यक्रम कार्यान्वयनसँगै सेरो मनिटरिङको कामसमेत अहिले सञ्चालन भइरहेको उनले जानकारी दिए । प्रयोगशालाबाट एक हप्तामा नमूना परीक्षणको नतिजा प्राप्त हुने बताइन्छ ।
उनले भने, “खोप लगाएका गाईभैँसीमा खोपले काम ग¥यो गरेन भनेर रगत सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्छौं । पशुमा खोप लगाएको २१ दिनपछि नमूना लिन सुरु हुन्छ, खोपले पशुको शरीरमा विकास गरेको प्रतिरोधात्मक क्षमताबारे जानकारी हुन्छ ।” परीक्षणपछि पशुमा प्रतिरोधात्मक क्षमता विकास नभएमा पुनः खोप दिनुपर्ने हुन्छ ।
प्रदेश सरकारले पशुहरुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजना दुई वर्षअघि सुरु गरेको थियो । खोप कार्यक्रममा भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरमा हैजा र कुकुरमा रेबिज विरुद्धको खोप दिने गरिएको छ ।
पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने असरबाट बचाउन खोप कार्यक्रम प्रभावकारी बनेको भेटेरिनरी अस्पताल कास्कीका अधिकृत पुष्पराज बास्तोलाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार