गाजा खेती गर्ने सरकारको निर्णयको विपक्षमा उभिए ओली
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १६:१४:४९
२३ जेठ, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष समेत रहेका एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अगाडि सारेको गाजा खेतीका लाग अध्ययन संभाव्यता बजेट छुट्याएकाप्रति असहमति जनाएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि जेठ १५ मा प्रस्तुत गरेको बजेटमाथि मंगलबार प्रतिनिधिसभाको बैठकमा नेता ओलीले सरकारले गाजा खेतीका लागि अध्ययन गर्ने भनी ल्याएको योजना सही मनसायबाट नआएको टिप्प्णी गरे ।
उनले किसानले कही कतैपनि गाजाको खेती नगरेको र गर्न नखोजेको बताउँदै निश्चित व्यापारीको फाइदाको लागि खेती गर्ने बाटो खुला गर्न अध्ययन गर्न खोजिएको तर्क गरे । सरकारले औषधिजन्य प्रयोजनका लागि गाजा खेतीको अध्ययन गर्ने भनिएपनि यसमा व्यापारीको हात नरहेको भन्न नसकिने बताए ।
आत्मनिर्भरताका लागि सरकारले धान, मकै, आलु, प्याज फलाउन किसानलाई प्रोत्साहन गर्नुको साटो अर्कैको हितका लागि बजेट छुट्याइएको आरोप लगाए । उनले सरकारले आगामी आवका लागि ल्याएको बजेट देश र जनताका लागि नभई सत्ता सझेदार गठबन्धनमा आवद्ध दलहरुको जीवन रक्षामा केन्द्रित रहेको बताए । बजेटले पूँजीगत खर्च र आर्थिक विकास हासिल गर्न नसक्ने ठोकुवा गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
सूचीकरणपछि किसानलाई परिचयपत्र वितरण गरिने
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार