सुदूरपश्चिम प्रदेशले ल्यायो नीति तथा कार्यक्रम
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १८:५२:२३
२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बुधबार प्रदेशसभामा पेस गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा चिडियाखाना स्थापनादेखि मनोरेल सेवाका लागि संभाव्यता अध्ययनसम्मका विषय समावेश छ । व्यवसायिक कृषिका लागि ‘शून्य ब्याज’ नारा नै दिइएको छ ।
यस्तै, प्रदेश सरकारले धनगढी–अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।
प्रदेश बस सेवा सञ्चालन गर्न असफल भएको प्रदेश सरकारले मनोरेल सेवा सञ्चाल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो। आगामी आर्थिक वर्ष २०८०/८१ मा मनोरेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
यस्तै, कैलालीको गोदावरीमा चिडियाखाना स्थापना गर्ने, प्रदेशको स्थायी राजधानी तोकिएको गोदावरी क्षेत्रमा वृक्षारोपण र चिडियाखाना स्थापना गर्ने उल्लेख छ। प्रदेशको पर्यटन विकासका लागि अपि र साइपाल हिमालको बेसक्यापसम्म पैदलमार्ग निर्माणदेखि ‘एक जिल्ला एक उद्योग’ कार्यक्रम सञ्चालनसम्मका विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
‘प्रदेश सरकार कृषकको सहयोगी’, ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’, ‘व्यवसायिक कृषिका लागि शून्य ब्याज’, स्थानीय तह एक कृषक पाठशाला, एक जिल्ला एक उद्योग, प्रदेश प्रमुख बस्ती विकास परियोजना लगायत विषय समावेश छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार