प्रचण्ड–बाबुरामविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १६:२४:१७
२५ जेठ, काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध दायर मुद्दामा सुनुवाइ गर्न आज पेसी तोकिए पनि सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा परेको पेसी सर्वोच्च प्रशासनले ‘हेर्न नभ्याइने’मा राखेको छ ।
प्रचण्ड र भट्टराई दस वर्षे तत्कालीन सशस्त्र द्वन्द्व (जनयुद्ध)का नेतृत्वकर्ता हुन् । द्वन्द्वका बेला आफूहरुलाई सानै उमेरमा लडाईमा हिँडाएर ग्रिनेड, बम, युद्ध सामाग्री बोक्ने जस्ता उच्च जोखिमपूर्ण काम लगाएर युद्ध अपराध गरेको भन्दै युद्ध अपराध कसुरमा कारवाही चलाउन अन्तिरिम आदेशको मागदाबीसहित यही जेठ १९ गते मुद्दा दायर भएको थियो ।
मुद्दा पूर्वबाल लडाकु काभ्रेका लेनिन विष्टलगायतले दर्ता गराएका थिए । २०५२ फागुन १ बाट सुरु भएको द्वन्द्व २०६३ मंसिर ५ मा तत्कालीन सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएपछि यूएनको मिसन टोलीले माओवादीका थुप्रै ‘जनसेना’ सेना बन्न योग्यता नपुगेको ठहर गरेको थियो । त्यसपछि उनीहरु (बाल सैन्य)लाई ‘अयोग्य’ देखाई क्याम्पमा नराखी बाहिर पठाइएको थियो । त्यसपछि उनीहरु आफूहरुमाथि लागेको ‘अयोग्य’ बिल्ला हटाउनुपर्ने र क्षतिपूर्तिसहित न्याय दिनुपर्ने लगायत माग राखेर संघर्षरत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौशाला-२६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश
बैशाख ३, २०८१ सोमबार
वैवाहिक बलात्कारका दोषी न्यायाधीश कारागार चलान
बैशाख ३, २०८१ सोमबार
सन्दीप लामिछानेले दिएको पुनरावेदनमा आजदेखि सुनुवाइ
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार