प्रधानमन्त्री प्रचण्डविरूद्ध आएका रिट दर्ता गर्नूः सर्वोच्च

नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १४:३:५७

२६ जेठ, काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध युद्ध अपराध सम्बन्धीको रिट निवेदन दरपीठ गर्ने आफ्नै प्रशासनको निर्णय खारेज गर्दै आएका रिट दर्ता गर्न आदेश दिएको छ । यसअघि उनी विरुद्ध आएको रिट सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले शुक्रबार उक्त रिट निवेदन दरपीठ गर्ने सर्वोच्च अदालत प्रशासनको निर्णय खारेज गर्दै दर्ता गर्न आदेश दिएको हो । निवेदक लेनिन विष्टले रिट दर्ता गर्ने आदेश भएको बताए । योसँगै प्रधानमन्त्री प्रचण्डविरूद्ध युद्ध अपराधसम्बन्धी रिट दर्ताको बाटो खुलेको छ ।
बाल सेना प्रयोग गरेर युद्ध अपराध गरेको भन्दै दायर गर्न खोजेको रिट निवेदन दरपीठ गर्ने निर्णय खारेज भएपछि अब आइतबार प्रचण्ड विरुद्ध रिट निवेदन हाल्ने तयारी गरिएको छ ।
बाल सेना प्रयोग गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले युद्ध अपराध गरेकाले तुरुन्तै प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्नुपर्ने माग राख्दै सो मुद्दा सर्वोच्चमा रिट निवेदन दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
असोज १६, २०८० मंगलबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
असोज १७, २०८० बुधबार
दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
असोज १७, २०८० बुधबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार