नेपालमा प्रोमेटका सामाग्री भित्राउदै सेल्लुसिटी
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १४:१६:१४
२६ जेठ, काठमाडौं । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा। लिले आफ्ना ग्राहकहरु समक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित “प्रोमेट” बाण्डका सामाग्रीलाई नेपाल भित्राएको छ ।
सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लि.ले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरूको बढ्दो मागलाई पुरा गर्दै आइरहेको छ । पुर्व देखि पश्चिमभर प्रवाभकारी वितरण संजाल भएको सेल्लुसिटीले अनलाइन माध्यमाबाट प्रोमेटका उपकरणहरु वितरण गर्ने सोच बनाउँदै दराज अन्लाइन स्टोरसँग सहकार्य गरेको हो।
प्राविधिक रुपले जानकार र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताहरूको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले नेपालमा भित्राउन लागिएको बाण्ड “प्रोमेट” एक ताइवान बाण्ड हो । सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरणहरु उपलब्ध गराउँदै प्रोमेटले हाल सम्म लाखौँ ग्राहकहरुको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरु पनि प्राप्त गर्न सफल बनिसकेको छ ।
स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हब लगायत स्मार्ट वाचहरु उत्पादन गर्दै आएको यस कम्पनीका सामानहरु गुणस्तरीय र टिकाउ हुने गरेका छन् ।
उत्पादनमा नवीनता, गुणस्तर, र ग्राहक केन्द्रित सेवालाई प्राथमिक्तामा राख्दै उच्च गुणस्तर प्रविधिद्वारा प्रयोगकर्ताको जीवनलाई सहज बनाउने लक्ष्य बोकेको प्रोमेटलाई नेपाल भित्राउँदै सेल्लुसिटले प्रोमेटका सामाग्रीका खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर पनि दिने भएको छ । नेपालमा प्रोमेटको आगमनको उत्सव मनाउन काठमाडाैं स्थित सोल्टी होटलमा सेल्लुसिटीले उद्घाटन कार्यक्रम सम्पन्न गर्दै अफर सार्वजनिक गरेको छ ।
स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हब लगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिँदै जेष्ठ ३२ सम्मको उद्घाटन अवधि भर दराज फ्लास सेल मार्फत आफना सामग्री खरिद गर्ने दुई जनालाई सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा। लिले एक एक वटा सुनको सिक्का दिनेछ ।
त्यस्तै पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्र मार्फत ५ जनालाई प्रोमेटका सामाग्री केवल ९९ रुपैयामा प्रदान गर्ने पनि योजना सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा। लिले ल्याएको छ । एक हप्ता लामो यो अफर दराज अनलाइन स्टोरमा फ्लास सेल नामले जेष्ठ ३२ सम्म लागु रहनेछ । यो उच्च गुणस्तरका उपकरण खोज्ने प्रयोगकर्ताहरुका लागि एउटा सुवर्ण अवसर हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
राकुटेन भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स
फागुन २३, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार