सदावहार मिडिया हाउसका अध्यक्ष एवं वरिष्ठ पत्रकार रिजाल सम्मानित
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १८:१४:४५
२६ जेठ, वालिङ । सदावहार मिडिया हाउस प्रालिका अध्यक्ष तथा नेपालबहस डटकमका प्रधान सम्पादक इन्द्रबहादुर रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएकाे छ । नेपाल प्रेस युनियन स्याङ्जाले आफ्नो नवौँ अधिवेशन तथा साधारणसभाका अवसरमा रिजाललाई उक्त पुरस्कारबाट सम्मानित गरेकाे हो ।
युनियनले रिजालसहित अन्य ५ जना पत्रकारलाई नगदसहित पुरस्कृत पनि गरेको छ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार इन्द्रबहादुर रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत एवं सम्मानित गरिएको हो । लम्साल र रिजाल दुवैको स्थायी घर स्याङ्जा हो ।
युनियनले शाखाका निवर्तमान अध्यक्ष एवं नेपाल पत्रकार महासंघ स्याङजाका अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । त्यस्तै खुमा अर्याल फाउन्डेसनद्वारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने, रुद्र जमुना शैक्षिक प्रतिष्ठानद्वारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधिसभा सदस्य राजु थापाद्वारा स्थापित जोखिम पत्रकारिता पुरस्कारबाट रामप्रसाद भट्टराई पुरस्कृत भएका छन् ।
प्रेस युनियन स्याङजाका अध्यक्ष प्रदीप कोइरालाका अनुसार पुरस्कारको राशी जनही ५ हजार र सम्मान पत्र रहेको छ । पुरस्कृत भएका पत्रकारलाई जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुली, युनियनका गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मी, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेलगायतले सम्मानित गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार