बहुविवाहको आरोपमा नेता चौधरी माओवादी केन्द्रबाट निलम्बित

नेपालबहस संवाददाता
असोज १, २०८० सोमबार १६:३३:३४
१ असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बहुविवाहको आरोपमा प्रदेशका एक नेतालाई निलम्बन गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई ६ महिनाका लागि निलम्बन गरेको माओवादी केन्द्रले जनाएको छ ।
‘साँस्कृतिकजन्य कमजोरी गरेको र तर उनीसँग छलफल गर्दा अस्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा जनाइएको छ ।
कैलालीको भजनी नगरपालिकाका पूर्वप्रमुख समेत रहेका उनले केही समयअघि बहुविवाह गरेको आरोप छ । आरोप पुष्टि भएको पार्टीकाे प्रदेश अनुशासन समितिको दाबी छ ।
पार्टीले ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ नेता कार्यकर्तालाई जनताको घरदैलो र काममा सँगसँगै खटाइरहेको बेला जारी राखेको बेला प्रदेशका नेता सांस्कृतिक विचलनको आरोपमा निलम्बनमा परेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार
गठबन्धनको संस्कृति दीर्घकालीन रुपमा रहन्छ : अध्यक्ष नेपाल
असोज ६, २०८० शनिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
नेपालबहस संवाददाता
असोज ६, २०८० शनिबार
मुख्यमन्त्री चौधरीसँग राउटेले मागे ८६ घर परिवारका लागि दशै खर्च
नेपालबहस संवाददाता
असोज ४, २०८० बिहिबार
बीपीको पथ पछ्याउन नसकेको कोइराला परिवार
केदार भट्टराई (काका)
असोज ४, २०८० बिहिबार
श्रीमानको फैसलाले गीतकार र संगीतकार नै रनभुल्लमा
असोज ६, २०८० शनिबार
सुन तस्करीको छानविन गर्न बन्ने आयोग प्रति गृहमन्त्री नारायणकाजी नै बाधक
असोज ६, २०८० शनिबार
भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ६, २०८० शनिबार
नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार
असोज ६, २०८० शनिबार
असोज ८ गतेदेखि तीस देशका सेनाप्रमुख दिल्लीमा भेला हुँदै
असोज ६, २०८० शनिबार
दाङमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई जना गम्भीर घाइते
असोज ६, २०८० शनिबार
चप्पल कारखानामा आगलागी हुँदा करोडको क्षति
असोज ६, २०८० शनिबार
मुलुकको विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु : राष्ट्रपति पौडेल
असोज ६, २०८० शनिबार