शिशु निकेतन माविलाई अन्तर्राष्ट्रिय पुरस्कार, पुतलीबजारलाई शैक्षिक हवको रुपमा विकास गर्ने नगरप्रमुख रेग्मीको प्रतिबद्धता

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १२:३७:५२
१ असोज, स्याङजा । पुतलीबजार ३ बाडखोलास्थित शिशु निकेतन आवासीय मा.वि बाडखोलाले पाएको अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पुतलीबजारका नगर प्रमुख तुलसीराम रेग्मीले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका छन् ।
यही २०८० असार ३१ गते थाइल्याण्डको बैंककमा सम्पन्न कार्यक्रममा शिशु निकेतन माविले अन्तर्राष्ट्रिय स्कुल पुरस्कारको नवौं संस्करण अन्तर्गत “बेस्ट सोसल इम्प्याक्ट स्टार्टअप २०२३ को ट्रफी र प्रमाणपत्र संचालक बुद्धि बहादुर राना र प्रिन्सिपल मनोज मल्ललाई हस्तान्तरण गरेका थिए ।
उक्त पुरस्कार हस्तान्तरण गर्दै शिशु निकेतन माविले पुतली बजारलाई विश्व सामु शैक्षिक गुणस्तरको मापनमार्फत चिनाएकोमा आभार प्रकट गर्दै पुतली बजारलाई शैक्षिक हवको रुपमा विस्तार गर्न निजी क्षेत्र लगायत सबैमा हातेमालो गरेर अगाडि बढ्न अनुरोध गरेका छन् ।
संचालक बुद्धि बहादुर राना 'कुमार' को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सामुदायिक रेडियो स्याङजाका अध्यक्ष ध्रुव बन्धु पौडेल, प्याब्सन स्याङजाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर गोदार, प्याब्सन स्याङजाका सचिव लेखनाथ रेग्मी, प्याब्सन स्याङजाका कोषाध्यक्ष हरि प्रसाद अर्याल, प्रेस स्याङजाका अध्यक्ष मुक्त बहादुर राना, शिक्षक संघ अध्यक्ष लेखनाथ शर्मा, वडा नं ३ सदस्य अमिरबक्स मियाँ र सोम बहादुर कुवँर, काजीमान हरि टीका माविका प्रधानाध्यापक ऋषिराम शर्माले शुभकामना मन्तव्य राखेका थिए भने विद्यालयका प्रिन्सिपल मनोज मल्लले स्वागत मन्तव्य तथा शिक्षक मञ्जु थापाले कार्यक्रम संचालन गरेका थिए ।
त्यस्तै बालदिवस (२०८० शिशु निकेतन आवाशीय माविले अत्यन्तै रचनात्मक ढंगले मनाएको छ। SHISHU NIKETAN DANCING STAR-2080 र SHISHU NIKETAN SINGING STAR-2080 को अडिसन राउण्ड र कक्षागत तीज गीत प्रतियोगिता गरि बाल दिवस (२०८० मनाएको हो ।
निकै नै मनोरञ्जनात्मक रहेको सो कार्यक्रममा कक्षा एकदेखि दशसम्मका बिद्यार्थीहरुको प्रस्तुति रहेको थियो । शिक्षकहरूको गायन तथा नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
SHISHU NIKETAN DANCING STAR-2080 को लागि छ जना र SHISHU NIKETAN SINGING STAR को लागि चार जना छनौट भएका छन भने तीज गीत प्रतियोगितामा प्रथम हुनेमा कक्षा नौ को समुह, द्वितीय कक्षा छ को समूह र तृतीय हुने कक्षा चार रोज समूहलाई मेडल प्रदान गरिएको थियो । विद्यालयका प्रिन्सिपल मनोज मल्लको अध्यक्षता रहेको सो कार्यक्रममा PABSON स्याङजाका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर गोदारको प्रमुख आतिथ्यता रहेको थियो ।
वडा नं ३ सदस्य सोम बहादुर कुवँर र पुतलीबजार प्रज्ञा प्रतिष्ठान सदस्य ( मञ्जु थापाले शुभकामना मन्तव्य तथा तीज गीत प्रतियोगिताका विजेता टोलीहरूलाई पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमको संचालन शिक्षक द्वय मदन पौडेल र सोनी गोदारले गरेका थिए ।
पछिल्लो समयमा शिशु निकेतन माविले नवीन शिक्षण पद्धति, लगातारका उपलब्धि एवं रचनात्मक कार्यक्रमहरूको संचालन गरेको छ, जसको कारण भर्खरै मात्र अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएको थियो । जसको हस्तान्तरण आज नै एक कार्यक्रमका बीच गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमृत साइन्स क्याम्पसको आयोजनामा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने
असोज १६, २०८० मंगलबार
पर्वतका सामुदायिक विद्यालय विद्यार्थीविहीन बन्दै
असोज १५, २०८० सोमबार
भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने
असोज १५, २०८० सोमबार
सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न ?
असोज १७, २०८० बुधबार
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
असोज १७, २०८० बुधबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार
आजदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने
असोज १७, २०८० बुधबार