जनता माविमा खुल्ला तीज गीत तथा एकल नृत्य प्रतियोगिता

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १३:१:२
२ असोज, स्याङजा । लत्रे पिपल ईन्टरटेनमेन्ट मिडिया हाउस प्रालिले हरितालिका तीज ०८० को अवसरमा खुल्ला तीज गीत तथा एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
पुतलीबजार ७ स्थित जनता माविको प्रांगणमा सम्पन्न तीज गीततर्फ लत्रे पिपल समाज सुधार आमा समूह पुतलीबजार ३ प्रथम, कालिका आमा समूह पुतलीबजार ७ द्वितीय, नमुना आमा समूह पुतलीबजार ७ तृतीय र जनता मावि विद्यार्थी समूह सान्त्वना पुरस्कारबाट विभूषित भएका छन् ।
त्यस्तै एकल नृत्य प्रतियोगितातर्फ आरती रेग्मी प्रथम, रश्मी क्षेत्री द्वितीय, शिवानी क्षेत्री तृतीय र मोनिका थापाले सान्त्वना पुरस्कार पाएका छन् । बिजेताहरुलाई नेपाली कांग्रेस क्षेत्र नं १ का सचिव तथा कार्यक्रमका प्रमुख अतिथि मनोज मल्लले नगदसहित प्रमाणपत्र वितरण गरेका थिए ।
लत्रे पिपल ईन्टरटेनमेन्ट मिडिया हाउसका प्रालिका अध्यक्ष प्रेम थापाको सभापतित्व रहेको सो कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं १ का सचिव मनोज मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं ७ का अध्यक्ष कृष्ण बहादुर आले, वडा नं ३ का सदस्य सोम बहादुर कुवंर, वडा नं ७ का निवर्तमान अध्यक्ष विश्वेस्वर प्रसाद रेग्मी, नेपाली कांग्रेस वडा नं ७ का सभापति नरेन्द्र विक्रम थापाले शुभकामना मन्तव्य राखेका थिए भने संचालन समुन्द्र नेपालले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जा अस्पतालमा झण्डै ४० हजारको उपचार
असोज १६, २०८० मंगलबार
कार्यसम्पादन मूल्याङ्कन : स्वास्थ्य कार्यालय कास्की प्रदेशकै उत्कृष्ट
असोज १६, २०८० मंगलबार
यस वर्ष आठ नाउर, चार झारल र आठ बँदेलको सिकार गर्न अनुमति
असोज १६, २०८० मंगलबार
सिरहामा कार्यरत सशस्त्रका एसपी र डीएसपी छानविनमा तानिए
असोज १६, २०८० मंगलबार
नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश
असोज १६, २०८० मंगलबार
सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न ?
असोज १७, २०८० बुधबार
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
असोज १७, २०८० बुधबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार