विद्यालय शिक्षा विधेयक सबै पक्षसँग छलफल गरेरै ल्याएका हौं : रक्षामन्त्री खडका
‘विधेयकमा समस्या भए सरकार छलफल गर्न तयार छ’

नेपालबहस संवाददाता
असोज २, २०८० मंगलबार १३:२२:५९
२ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पूर्णबहादुर खडकाले सरकारले सरोकारवाला सबै पक्षसँग छलफल गरेरै विद्यालय शिक्षा विधेयक ल्याएको बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘राष्ट्रिय शिक्षा दिवस २०८०’को अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘मूल समारोह’लाई सम्बोधन गर्दै सरकारले विधेयकलाई सबैसँग छलफल, अन्तरक्रिया गरेर नै ल्याएको बताए । उनलेसंघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे संविधानले परिकल्पना गरेकाे शैक्षिक व्यवस्थाकै आधारमा विधेयक तयार भएकाे बताए ।
मन्त्री खडकाले विधेयकको मस्यौदा बन्ने क्रममा प्रधानमन्त्री प्रचण्डको पहलमा विभिन्न समयमा विभिन्न पक्ष, शैक्षिक संघ-संस्थासँग घुनिभूत छलफल भएको र त्यसबाट प्राप्त सल्लाह-सुझावलाई मूल आधार बनाएर विधेयक तयार पारी संसदमा दर्ता गराएको स्पष्ट पारे ।
उनले विधेयक छलफलकै क्रममा रहेको र त्यसमा सुधार नगरी नहुने विषय भएमा सुधार गरेर अगाडि बढ्न सरकार तयार रहेको उनले बताए । संघर्ष र सडकमा गएर समस्याको समाधान खोज्न नहुनेमा उनले जोड दिए । ‘विधेयक संसदमा दर्ता भएयता कसै वा कुनै पक्षबाट पनि यो चाहिं बुँदामा असहमति छ भनेर आएकाे छैन’ मन्त्री खडकाले भने, ‘तर भोलि असोज ३ गते संविधान दिवसका दिन विद्यालयहरुले कक्षा बन्द गर्ने घोषण गरेको कुरा संचारमाध्यमबाट आइरहेका छन्, त्यो राम्रो होइन । विधेयकमा कुनकुन बुँदामा विरोध हो, ठोस गरेर आउनुस, सरकार छलफल गर्न तयार छ । पठनपाठन बन्द फिर्ता लिनुस् ।’
सरकारले विधेयकलाई दफावार छलफलका लागि संघीय संसदको तल्लो सदन प्रतिनिधिसभामा दर्ता गरिसकेको छ । संसदले पारित गरेर थप छलफलका लागि विषयगत समितिमा पठाइनेछ । शिक्षकले दोहोरो पेसा गर्न नपाइने, राजनीतिक दलका सदस्यता लिन बन्देज, विभिन्न व्यवसाय, व्यापार गर्न रोक लगाउने लगायत विधेयकमा राखिएका विभिन्न बुँदामा विद्यालय शिक्षकहरुले विरोध जनाउँदै आइरहेका छन् । विरोधमा उनीहरुले भोलि बुधबार देशभरका विद्यालयहरुमा पठनपाठन गर्ने र काठमाडाैंमा प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
असोज १६, २०८० मंगलबार
भिजन लुम्बिनी ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
असोज १७, २०८० बुधबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार