भारत र क्यानडा द्धन्द्धका कारण नेपाली बिद्यार्थीको भिसा नलाग्ने त हैन ?

नेपालबहस संवाददाता
कात्तिक ४, २०८० शनिबार १७:१७:३३
४ कात्तिक, काठमाडौं। पछिल्लो समय नेपाली विद्यार्थीहरुकाे क्यानडा आकर्षण बढिरहेका बेला अग्रपङ्क्तिमा देखिएको छ काठमाडौंको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी । अहिले क्यानडा जानका लागि प्लस टु उत्तिर्ण गरेका विद्यार्थीहरू लागि सबैभन्दा उत्तम समय हो । प्लस टु सकेर बसेका विद्यार्थीहरुले सेप्टेम्बर इनटेकका लागि यो समयमा क्यानडा जानका लागि तयारी गरिरहेको गोरेटो कन्सल्टेन्सीका सीईओ तथा सिनियर एडभाइजर धिरज कँडेल बताउँछन् ।
पछिल्लो समय क्यानडा र भारतबिच चलिरहेको शित युद्धको समयमा पनि क्यानडाले भारतीय विद्यार्थीको भिषा उल्लेख्यरुपमा रद्ध नगरेका कारण क्यानडाको पोलिसी भारतविरुद्ध नभएको समेत सिइओ कँडेलले बताए । यद्यपी भोलीका दिनमा क्यानडा जाने भारतीय विद्यार्थीहरुको संख्या यही द्धन्द्धका कारण घटेको खण्डमा भने क्यानडाले ठूलो संख्यामा नेपाली विद्यार्थी लैजाने सक्ने संभावना पनि नर्कान नसकिने सीईओ कँडेल बताउँछन् ।
यसैबिच क्यानडा जाने नेपाली विद्यार्थीको भिषा डिसिजन बैँगलोर र नयाँ दिल्लीबाट आइरहेको परिप्रेक्षमा भने ति स्थानका डिप्लोम्याट्सहरुलाई सरुवा गरेर अन्य मुलुकहरू जस्तै मलेसिया र सिंगापुर लगिएका कारण केही समय भिषा आउने दिन बढ्ने संभावना भएता पनि भारत क्यानडा द्धन्द्धका कारण नेपाली विद्यार्थीलाई घाटा भन्दा बढि फाइदा नै हुने उनी बताउँछन् । यही मेसोमा उनले सेप्टेम्बर इनटेकका लागि विद्यार्थीहरुलाई तयारी गर्न पनि सुझाव दिन्छन् ।
सेप्टेम्बर इनटेक नै किन ?
पछिल्लो समय क्यानाडियन अध्यागमनले नेपालबाट अध्ययन गर्न जाने विद्यार्थीहरुको भिषा दर विगतका दिनहरु भन्दा केही वृद्धि गरेका बेला प्लस टु उत्तिर्ण गरेर बसेका विद्यार्थीहरुका लागि व्याचलरका कार्यक्रमहरू अध्ययन गर्न क्यानडा जाने यो सबैभन्दा राम्रो समय हो । यही बिचमा क्यानडा र भारतको शीतयुद्धको कारण यदि इंडियाबाट भिषा डिसिजन नआए क्यानाडियन हाइकमिसन सिंगापुर, मलेसिया वा अन्य कुनै देशको क्यानडियन हाइकमिसनबाट समेत भिषा डिसिजन आउन सक्ने भएकाले पनि सेप्टेम्बर इनटेक धेरैको रोजाईमा परेको सीईओ कँडेल बताउँछन् ।
सीईओ कँडेलका अनु्सार क्यानाडियन कलेज र विश्वविद्यालयबाट अफर लेटर पाइसकेका विद्यार्थीहरूले जनवरी वा मे इन्टेकको लागि समयमा भिषा नपाएको खण्डमा डीफर गरि सेप्टेम्बर-२४ इन्टेकमा सिट सार्ने धेरै विद्यार्थीहरू हुनसक्ने भएकाले सेप्टेम्बर इन्टेकमा सिट संख्या छिट्टै पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै नयाँँ विद्यार्थीहरूले सेप्टेम्बर इनटेकमा भर्ना हुन यो समय निकै फलदायी हुने बताए ।
क्यनडाका लागि गोरेटो नै किन ?
पछिल्ला दिन क्यानडा अध्ययनका लागि जाने विद्यार्थीहरूको आकर्षण बढिरहेका बेला यस्तो समयमा सबैभन्दा उत्तम विषय कुन कन्सल्ट्यानी होला भन्ने दुविधाकाबीच नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेन्सी धेरैको रोजाइमा पर्दै आइरहेको छ । यहाँको एक्सपर्ट टिम नै गोरेटोको सबैभन्दा राम्रो विशेष भएको सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् । गोरेटो धेरै कलेजहरूको आधिकारिक एजेन्ट भएका कारण पनि गोरेटोबाट सतप्रतिशत भिषा आउने संभावना हुने भएृकाले पनि यो धेरै विद्यार्थीको रोजाईको केन्द्रबिन्दु बनेको रेग्मीको दाबी छ । पछिल्ला दिनमा गोरेटोले आफ्ना शाखाहरू चितवन र विराटनगरमा पनि विस्तार गरेका कारण पनि गोरेटोबाट धेरै क्षेत्रका विद्यार्थीहरूलाई एप्लाई गर्न सहज हुने शतिष भट्ट बताउँछन् ।
अध्ययनका लागि क्यानडा नै किन ?
आफ्नो चाहना अनुरूप उचित शैक्षिक शुल्क, छात्रवृत्ति सुविधा पाउन सकिने भएकाले पनि क्यानडा नेपालीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्य हुन सक्छ। क्यानडामा उत्कृष्ट विश्वविद्यालयहरू छन्। पढाइसँगै छिट्टै काम गर्ने अनुमति पाउने र पढाइ सकिएपछि नै पीआर पाउने सम्भावना बढी हुने भएकाले पनि क्यानडा राम्रो विकल्प हुन सक्छ। पछिल्लो समय क्यानडा जाने नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य बढेको छ। नेपाली विद्यार्थीले क्यानडा रोज्नुपर्ने कारण यति मात्रै होइन। क्यानडामा अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि सेवा सुविधा पनि राम्रो छ। अध्ययन शुल्क र ट्युसन फी पनि अन्य देशको सस्तो छ।
सजिलै भिषा पाइन्छ त ?
क्यानडाको भिषा पाउन गाह्रो हुन्छ कि भन्ने अन्यौलता समेत अभिभावक र विद्यार्थीमा हुने गरेको छ। तर अवस्था त्यस्तो नभएको गोरेटोका सीईओ कँडेल बताउँछन् । कँडेलका अनुसार सबै कागजात राम्रोसँग मिलाएको र प्रक्रिया पूरा गरेको खण्डमा क्यानडाको भिषा पाउन गाह्रो छैन। क्यानडा जान भाषा परीक्षामा राम्रो नम्बर ल्याउन आवश्यक हुन्छ। अध्ययनका क्रममा ग्याप भएको खण्डमा त्यसलाई जस्टिफाई गर्नु पर्ने हुन्छ। एक वर्षको ट्युसन फी पहिल्यै नै तिर्ने र आवश्यक कागजात राम्रोसँग तयार गर्न सके क्यानडाका लागि भिषा सजिलै लाग्नसक्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरेटोको निमन्त्रणमा क्यानाडाको विश्वविद्यालयको टीम नेपालमा, गर्यो अन्तरक्रिया
कात्तिक २७, २०८० सोमबार
२०२५ का लागि डीभी आवेदन खुल्यो
असोज १८, २०८० बिहिबार
नेपाली कामदार लैजान लेबनान इच्छुक, प्रस्ताव तयार पार्दै सरकार
भदौ ७, २०८० बिहिबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार