सामाजिक सेवादेखि राजनीतिसम्म सक्रिय मन्धरा !

नेपालबहस संवाददाता
कात्तिक २७, २०८० सोमबार १३:३५:७
यज्ञप्रसाद भट्टराई
२७ कात्तिक, काठमाडौं । नेपाली राजनीतिमा सबै स्वार्थी र लिप्त मात्रै छैनन । कोहि राजनीतिमार्फत समाजसेवामा लागेर समाजमा उत्कृष्ट कार्य गरेर नाम रोशन गर्न सफल पनि भएका ब्यक्तिहरु छन् समाजमा । आफ्नो ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गर्ने निस्वार्थ भावनाका धनिलाई नै वास्तवमा समाजसेवी भनिन्छ । त्यस्तै निस्वार्थ र निष्कलंक समाजसेवी महिला नेतृको नाम हो मन्धरा चिमरिया पौडेल । राजनीति सँगै समाजसेवालाई आफ्नो लक्ष बनाएर दमकमा ४० बर्षदेखि निरन्तर अग्रणी महिलाको पहिचान बनाउन सफल मन्धरा चिमरिया पौडेलले भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमितिको निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट अत्यधिक मतका साथ महासमिति सदस्यमा निर्वाचित भएकी छन् ।
नेपाली महिलाहरुको पीडा, दमन र शोषणाका बिरुद्ध आवाज उठाउदै आधा आकाश ढाकेका महिलाहरुमाथिका चरम श्रम सोषण र महिला तथा बाल हिँसा बिरुद्ध लडदा लडदै महिलाहरुकी साझा अभिभावक बनेकी मन्धरा चिमरिया पौडेल झापा जिल्लामा मात्रै नभई सिंगो मुलुकमा परिचित नाम हो ।
बिगत ३५ बर्षदेखि नेपाली कांग्रेस र नेपाली कांग्रेसको भातृसंस्था नेपाल महिला संघको महत्वपूर्ण भुमिकामा रहि महिला अधिकार र महिला मुक्तिको अभियानमा सकृय मन्धरा चिमरिया पौडेल अनाथ तथा असहाय बालबालिकाहरुकी साझा अभिभावक र आमा समेत बनेकी छन् । बाल तथा अनाथ आश्रम दमककी अध्यक्ष समेत रहेकी पौडेलले अहिले पनि ५० अनाथ बालबालिकाहरुलाई संरक्षण, पालनपोषण र शिक्षा प्रदान गर्ने कार्यमा कृयाशिल छन् ।
बिगत १५ बर्षदेखि यौनजन्य महिला हिंसा, बाल यौन शोषण र पारिवारिक महिला हिंसामा परेका महिलाहरुका पक्षमा निशुल्क कानुनी लडाइँ समेत लडिरहेकी कांग्रेस नेतृ मन्धरा चिमरिया पौडेल “महिला अधिकारका लागि राष्ट्रिय अभियान“ की केन्द्रीय उपाध्यक्ष समेत रहेकी छन् ।
समाजसेवामा समेत अब्बल भुमिका निभाउँदै सामाजिक क्षेत्रमा सकृय रहेकी कांग्रेस नेतृ चिमरियाले नेपाली कांग्रेस झापा क्षेत्र नं. ५ बाट भर्खरै सम्पन्न महासमिति सदस्यको निर्वाचनमा खसआर्य महिला तर्फको उम्मेदवारमा सबैभन्दा बढी ६९१ खसेको मतमा ४९५ मत प्राप्त गरि विजयी भएकी हुन । हामी सबैकी साझा नेता मन्धरा चिमरिया पौडेलको महासमिति सदस्यको बिजयी यात्राले नेपालका तमाम पिडित, उत्पिडित, अन्यायमा परेका, पारिवारिक दवाव झेलिरहेका, यौनजन्य हिंसामा परेका लगायतका महिलाहरुका सवालमा केन्द्रीय तहमा कानुन निर्माणमा सकारात्मक कोषेडुढुंगा साबित हुन सक्ने कुरामा बिव्वस्त हुन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
मुख्यमन्त्री कार्कीले बल्ल तोके तीन मन्त्रीको जिम्मेवारी
मंसिर १७, २०८० आइतबार
कोशीमा हात्ती आतंक : एक सातामै तीनजनाले ज्यान गुमाए
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार