गाडीको ठक्करबाट छठ बर्तालुको मृत्यु
नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १०:५९:१४
४ मंसिर, मलङ्गवा । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिए । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गर्नुभएका पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिनुभएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते
भदौ ३०, २०८१ आइतबार
सिमलतालबाट खानेतेल बोकेको ट्रक त्रिशुलीमा खस्यो
भदौ ३०, २०८१ आइतबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग
भदौ ३१, २०८१ सोमबार
आज विश्वकर्मा पूजा मनाइँदै [ फोटो फिचर ]
असोज १, २०८१ मंगलबार
विश्वकर्मा पूजा दिन विद्यालयको बस पूजा गरिँदै
असोज १, २०८१ मंगलबार
विश्वकर्मा पूजाका दिन गङ्गबुस्थित नयाँ बसपार्कमा सवारीसाधनमा पूजा गर्दै
असोज १, २०८१ मंगलबार
विश्वकर्मा बाबाको मन्दिरमा सवारीसाधनको पूजा गर्दै सर्वसाधारण
असोज १, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
स्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार