मंसिर ७ गते माइतीघरमा कुनै पनि विरोधका कार्यक्रम गर्न नपाइने, प्रसाईं र युवा संघलाई छुट्टै ठाउँ तोकिने

नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १६:१७:३३
४ मंसिर, काठमाडौं । सरकारले हिंसा भड्कन सक्ने भन्दै मंसिर ७ गते माइतीघर र यस आसपासका क्षेत्रमा कुनै पनि विरोध प्रदर्शन र नारा जुलुसका कार्यक्रम गर्न नदिने भएको छ । मंसिर ७ मा नेकपा एमालेको युवा संघ र दुर्गा प्रसाईं समूहले विरोधका कार्यक्रम राखेका छन् ।
उनीहरूका कार्यक्रमलाई ध्यानमा राखेर सुरक्षा निकायले माइतीघरमा कुनै पनि कार्यक्रम राख्न नदिने भएको हो । युवा संघ र प्रसाईं समूहका लागि सरकारले छुट्टा छुट्टै स्थान तोक्ने जनाएको छ । कुन ठाउँमा प्रदर्शन गर्न दिने भन्ने तय भइ नसकेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
गृह मन्त्रालय र सुरक्षा निकायका अधिकारी बसेर कुन क्षेत्रमा नारा जुलुस तथा शक्ति प्रदर्शन गर्न दिने भन्ने विषयमा छलफल हुनेछ । यसपछि तोकिएका क्षेत्रमा मात्र कार्यक्रम गर्न पाइनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने गरी व्यवस्था मिलाउन लागेको जनाएको छ ।
पछिल्लो समय खुल्लमखुल्ला एक अर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न उनीहरूलाई रोक लगाउने भएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएर छलफल पनि गरेको छ । छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने बताइएको छ ।
दुई समूहबीच झडक हने आशंकामा प्रशासनले कार्यक्रम गर्न रोक लगाएको हो । प्रसाईंले देशभरीका मानिसलाई काठमाडौं उतार्ने बताएका छन् । प्रसाईंको कार्यक्रममा आएन दोलखा, रामेछाप र काठमाडौं आसपासका क्षेत्रका लागि १५ सय र टाढाका जिल्लाका लागि ५५ सयका दरले खर्च उठाइएको बताइएको छ ।
महाअभियानअन्तर्गत ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न ठाउँबाट ¥याली सुरु गरेर माइतीघर मण्डलामा कोणसभा गर्ने प्रसाईंको तयारी छ । तर, ७ मंसिरमै नेकपा (एमाले)निकट युवासंघले समेत माइतीघरमै कार्यक्रम घोषणा गरेपछि युवा संघ र प्रसाईं दुवैको कार्यक्रम रोक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको तयारी छ ।
युवा संघको आन्दोलन एमाले नेता महेश बस्नेतको नेतृत्वमा हुँदै छ । पछिल्लो समय नेता बस्नेत र प्रसाईं सार्वजनिक रुपमै आरोप पत्यारोपमा उत्रिएका छन् । केही समयअघि मात्रै प्रसाईंलाई युवा संघका कार्यकर्ताले मोसो दल्ने प्रयास समेत गरेका थिए । त्यसयता प्रसाईं र बस्नेतबीच झन् तिक्तता बढेको छ ।
७ मंसिरको कार्यक्रममा दुवै पक्षबीच मुडभेडको अवस्था आउन सक्ने सूचना सुरक्षा संयन्त्रसँग छ । अझ प्रसाईं र बस्नेतले एउटै ठाउँ माइतीघर मण्डलामा प्रदर्शन गर्ने समय तालिका सार्वजनिक गरेपछि मुठभेडको जोखिम बढेको हो ।
यद्यपि, जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै समूहलाई माइतीघर मण्डला प्रवेशमा रोक लगाउने गरी निषेधाज्ञा लगाउने तयारी गरेको छ । त्यसको लागि सोमबार सुरक्षा संयन्त्रसहित जिल्ला सुरक्षा समितिको बैठक बस्ने तयारी छ ।
७ गतेको कार्यक्रममा प्रसाईं समूहले अहिलेको व्यवस्थाप्रति नै घृणा फैलाउने खालको गतिविधि गर्न सक्ने गृहको विश्लेषण छ । आन्दोलन हिंसात्मक नहोस् भन्ने उद्देश्यले जिल्ला सुरक्षा समितिमार्फत उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा नेपाली सेनाका कर्णेल, सशस्त्र प्रहरी बलका एसएसपी र राष्ट्रिय अनुसन्धान विभाग अधिकारीसहितको छुट्टै सुरक्षा टोली बन्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन
मंसिर २०, २०८० बुधबार
एनसेल खरिद–बिक्रीबारे १५ दिनभित्र यथार्थ विवरण पेश गर्न अर्थ समितिको निर्देशन
मंसिर २०, २०८० बुधबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार