ट्विचका सह–संस्थापक एम्मेट सियर ओपनएआईको नयाँ सिइओमा नियुक्त

नेपालबहस संवाददाता
मंसिर ४, २०८० सोमबार १७:१९:७
४ मंसिर, सान फ्रान्सिस्को । ट्विचका सह–संस्थापक एम्मेट सियरले ओपनएआईको नयाँ प्रमुख कार्यकारी 'सिइओ' का रूपमा आफ्नो नियुक्ति पुष्टि गरेका छन् । एआई फर्मले साम अल्टम्यानलाई सिइओबाट बर्खास्त गरेको केही दिनपछि सोमबार सियरले आफ्नो नियुक्ति पुष्टि गरेका हुन् ।
“आज मलाई एउटा फोन आयो, फोनमा मलाई ओपनएआईको अन्तरिम सिइओ बन्नका लागि जीवनमा एक पटक प्राप्त हुने अवसरमाथि विचार गर्नका लागि आमन्त्रण गरियो, मेरो परिवारसँग परामर्श गरेपछि र केही घन्टासम्म विचार गरेपछि मैले उक्त पद स्वीकार गरेँ”, उनले सामाजिक सञ्जाल एक्समा भनेका छन् ।
कम्पीबाट अन्य उच्च प्रोफाइलको प्रस्थानका साथै सह–संस्थापकलाई फिर्ता ल्याउनका लागि प्रमुख लगानी कर्ताहरूको दबाबमा ओपनएआईको बोर्डले शुक्रबार आफ्ना पूर्वसिइओ अल्टम्यानलाई बर्खास्त गरेको थियो ।
आफ्नो पोस्टमा सियरले अल्टम्यानलाई सुरक्षा चिन्ताका कारण बर्खास्त गरिएको थियो भन्ने कुरालाई अस्वीकार गरेका हुन् । “काम लिनुअघि मैले परिवर्तन पछाडिको तर्कको जाँच गरेँ, बोर्डले सुरक्षामाथि कुनै विशेष असहमितका कारण सामलाई हटाएको होइन, बोर्डको तर्क त्योभन्दा बिलकुल फरक थियो”, उनले लेख्नुभएको छ, “हाम्रा उत्कृष्ट मोडेलहरूको व्यापारिकरणका लागि बोर्डको समर्थनबिना यो काम लिन म पागल छैन ।”
सियरको पोस्टभन्दा एक घन्टाअघि माइक्रोसफ्टका सिइओ सत्य नाडेलाले आफूले विश्वव्यापी प्रविधि कम्पनी माइक्रोसफ्टमा एआई अनुसन्धान टोलीको नेतृत्व गर्न अल्टम्यानलाई नियुक्त गर्न गइरहेको पुष्टि गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
नगर प्रहरी भर्नामा ठाकुरबाबा नगरपालिकाको बदमासी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार
देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार
बाजुरामा बाटोमै सुत्केरी हुने अवस्था कहिले रोकिएला ?
मंसिर २०, २०८० बुधबार
संयुक्त राष्ट्रसंघले भन्यो :- गाजाका प्यालेस्टिनीहरू ‘व्यापक त्रास’ मा छन्
मंसिर २०, २०८० बुधबार
बेल्ट एण्ड रोड परियोजनाबाट इटाली पछि हट्यो
मंसिर २०, २०८० बुधबार
विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई
मंसिर २०, २०८० बुधबार
देश बचाउन एमालेलाई बहुमत दिनुपर्योः ओली
मंसिर २०, २०८० बुधबार
रुस पठाएको आरोपमा पक्राउ परेका १२ जना सार्वजनिक
मंसिर २०, २०८० बुधबार