सहकारी ठगीका विषयमा छलफल गर्न छानबिन समितिले बोलायो प्रहरी प्रमुख र गृहसचिव

नेपालबहस संवाददाता
असार २०, २०८१ बिहिबार १५:८:१६

२० असार, काठमाडौं । प्रतिनिधि सभाबाट सहकारी संस्थाको वचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय विशेष छानबिन समितिले गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई शुक्रबार छलफलका लागि बोलाएको छ ।
संसदीय समितिका संयोजक सूर्य थापाले नेपालबहसलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले कुन कुन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको छ । कुन सहकारी संस्थाका पीडितले कस्तो उजुरी दिएका छन भन्ने विषयमा जानकारी लिन बोलाइएको हो ।
सीआईबीले हेरिरहेको सहकारीसँग सम्बन्धित मुद्दाहरूको बारेमा पनि समितिले जानकारी लिने भएको छ । अहिले देशभरका धेरै सहकारीबाट रकम ठगी भएको भन्दै प्रहरीमा उजुरी परेको र ती उजुरीमाथि प्रहरीले अनुसन्धान पनि गरिरहेको छ । समितिले गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा परेका उजुरीबारे पनि जानकारी लिने भएको छ । अनुसन्धान भइरहेका विषय र थप रणनीति बनाएर गर्नुपर्ने छानबिनका विषयमा छलफल गर्न अर्याल र कुँवरलाई बोलाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाहारा चितवन सहकारी ठगी प्रकरणः अदालतले रवि लामिछानेसँग माग्यो ५४ लाख धरौटी
माघ २४, २०८१ बिहिबार
साहारा चितवन सहकारी ठगी प्रकरणः चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
माघ २४, २०८१ बिहिबार
लामिछानेसहितको मुद्दामा दोस्रो दिनको थुनछेक बहस सुरु
माघ २४, २०८१ बिहिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार