कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै, सभापति देउवाले मागे शेखरबाट दुई र गगनबाट एक जनाको नाम

नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार १५:२२:११

२४ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट मन्त्री पठाउन सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासँग २ र महामन्त्री गगन थापासँग एक जनाको नाम मागेका छन् । देउवा निकट कांग्रेसका एक नेताले नेपालबहसलाई दिएको जानकारी अनुसार असार २८ गतेभित्र मन्त्री बन्नेको नाम पठाउन भनिएको हो ।
देउवाले ओली सरकारमा अवस्था हेरेर ११, १० वा ७ जना मात्र पनि मन्त्री हुनसक्ने भनेका छन् । राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयास भएकाले अरु दललाई सहभागी गराउँदा कांग्रेसले ७ जना मात्रै मन्त्री पाउने अवस्था पनि हुन सक्ने भन्दै पहिलो चरणमा ७ जनाको नाम पठाइने भएको छ । जसमा देउवाका ४, शेखरका २ र गगनबाट एक जना हुनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलको पक्षबाट मन्त्री बन्नेहरू पनि लविङमा छन् ।
ति नेताले बताए अनुसार आरजु राणा देउवा, रमेश लेखक र किशोरसिंह राठाैर पक्का जस्तै छन् । सुदूरपश्चिमबाट आरजु र लेखक मात्र यो पटक मन्त्रीमा पर्नेछन् । कांग्रेसबाट सरकारमा जानेको नेतृत्व भने सहमहामन्त्री भएका हिसाबले किशोरसिंह राठाैरले पाउने देखिएको छ । महामन्त्री गगन थापाले प्रदीप पौडेललाई पठाउने तयारी गरेका थिए । तर, देउवाले उनको नाम अस्वीकार गरेका छन् । पौडेलले यो पटक अवसर नपाउने पक्का जस्तै भएको छ ।
प्रदीप पौडेलले नपाउने भएपछि गगनका तर्फबाट प्रतिमा गौतमको चान्स बढेको छ । सम्भवतः गौतम यो पटक मन्त्री बन्ने ति नेताले बताए । कोइराला समूहबाट भने मन्त्री बन्नेहरूको लाइन निकै लामो छ । तर, उनले अहिले २ जना मात्र छान्नु पर्नेछ । पछि कांग्रेसको संख्या बढेमा शेखरले थप एक जना पाउनेछन् । अहिलेलाई भने देउवाले २ जना मात्र भनेका छन् । कोइरालालाई मन्त्री छान्न सकस छ ।
उनले मन्त्री बनाउन चाहेका बद्री पाण्डेले यो पटक अवसर नपाउने सम्भावना धेरै देखिएको ति नेताले बताए । सुदूरपश्चिमबाट आरजु र लेखक बन्ने भएपछि क्षेत्रगत हिसाबले पाण्डेको नाम नपर्ने सम्भावना बढेको छ । पाण्डेले नपाउने भएपछि शेखरले चन्द्र भण्डारी र सहमहामन्त्री जीवन परियारलाई पठाउने सम्भावना बढी छ । तर, संजय गौतम, दीपक गिरी र रामनाथ अधिकारीले पनि दवाव दिइरहेका छन् । रामनाथ अधिकारीलाई यो पटक मन्त्री बनाउनुपर्ने दवाव पनि कोइरालामाथि छ ।
उपसभापति धनराज गुरुङले अघिल्लो पटक धीत मर्ने गरी काम गर्न नपाएको भन्दै यो पटक पनि जान कोसिस गरिरहेका छन् । मधेशबाट अजय द्विवेदी, अजय चौरासिया, रामकृष्ण यादव मन्त्री बन्ने चर्चामा छन् । राजन केसी र दीपक खड्का पनि मन्त्रीको दौडधुपमा छन् । राष्ट्रपति र डा. शशांक कोइरालाको तर्फबाट उनीहरू प्रयासमा छन् । डा. सुनिल शर्माले पनि यो पटक मन्त्री बन्ने अवसर पाउने छैनन् ।
शशांकलाई सभापति बनाउने लाइनमा लागेपछि उनको सम्भावना घटेको छ । शशांक आफैले पनि कृषिमन्त्री बन्ने चाहना राखिरहेका छन् । मन्त्रीको दौडमा रामहरि खतिवडा पनि छन् । उपसभापति पूर्णबहादुर खड्काको साथ लिएर मन्त्री बन्ने प्रयासमा उनी छन् । यो समीकरणमा खड्काको प्रभाव खासै नदेखिएकाले देउवाले उनलाई कति साथ दिन्छन् भन्ने कुराले पनि रामहरिको चाहना निर्भर हुने देखिन्छ ।
ज्ञानेन्द्र कार्कीलाई पार्टी कोषाध्यक्षको आस देखाएर देउवाले रोकेका छन् । कोषाध्यक्षको चाहना राखेका अर्का उद्योगपति सांसद विनोद चौधरी त्यो नभए यो भन्दै मन्त्री भएपनि हुन्छ भनिरहेका छन् । कांग्रेसले गृह छाडेर अर्थ लियो भने देउवा पक्षबाट मन्त्री बन्ने लाइनमा भएकाहरू फेरबदल हुने सम्भावना देखिन्छ । अरु सहमहामन्त्रीहरू पनि मन्त्रीका आकांक्षी छन् । यसैले देउवाले कोइराला र गगनलाई चाँडो नाम दिन भनेका हुन् ।
यसअघि कांग्रेसबाट गृहमन्त्री बनेर कृष्णप्रसाद सिटौला जाने भन्ने चर्चा थियो । तर, उपप्रधानमन्त्री नराख्ने भनिएको छ । उपप्रधानमन्त्री नै राखे पनि सिटौला संवैधानिक हिसाबले मन्त्री बन्न नमिल्ने अवस्था छ । प्रतिनिधि सभामा हारेको व्यक्ति त्यो कार्यकाल भरी मन्त्री बन्न नपाउने व्यवस्था भएकाले राष्ट्रिय सभामा भएपनि सिटौला रिङबाटै आउट भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार