धारिलो हतियार प्रयोग गरी विराटनगरमा एक युवकको हत्या, २ जना घाइते

नेपालबहस संवाददाता
असार २५, २०८१ मंगलबार १०:४०:२९

२५ असार, विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिक दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । चार जनालाई नियन्त्रणमा लिएर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । घटना सोमबार राति साढे १० बजेतिर भएको प्रहरीको भनाइ छ ।
झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार छुरा प्रहारबाट तीनै जना घाइते थिए । उद्धार गरी सुरुमा उनीहरूलाई कोशी अस्पताल लगिएको थियो । प्रहरीले अहिलेसम्म यस घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकी कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । प्रहरीले भने घाइतेलाई अस्पताल पुर्याएपछि मात्रै घटनाको जानकारी पाएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
तरबारले केक काट्दा सात गुन्डा पुगे प्रहरी खोरमा
माघ २४, २०८१ बिहिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार