आदेश कार्यान्वयन भए साउन १ देखि सरकारी कर्मचारीलाई मर्यादाक्रम अनुसार तलब
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १४:४२:३१
२७ असार, काठमाडौं । समान मर्यादामा रहेका कर्मचारीहरूको तलब असमान रहेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले मर्यादाक्रम अनुसार तलब समायोजन गर्न सरकारलाई आदेश गरेपछि कर्मचारीहरू साउन १ गते देखि तलब बढेर आउने आसमा छन् । आदेश कार्यान्वयन गर्ने भए सरकारले साउन १ बाट तलब समायोजन गर्नुपर्छ ।
समान मर्यादा क्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम तलब पाएका कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते सरकारका नाममा आदेश जारी गरेको थियो । यसपछि मर्यादाक्रम अनुसार तलब नपाएका कर्मचारीहरू अब तलब बढेर आउने आसमा बसेका छन् । आदेश कार्यान्वयन भए तहअनुसार फरक तलब पाइरहेका कर्मचारीको तलब समान हुनेछ ।
निजामती सेवा उपसचिव वा सो सरहका कर्मचारी र प्रमुख सेनानी र प्रहरी उपरीक्षकको तलब फरक छ । उपसचिवको सुरु तलबमान ४८ हजार ७३७ छ भने सुरक्षा निकायमा ५२ हजार २७९ छ । निजामती सेवाका शाखा अधिकृत वा सोसरहका अन्य कर्मचारीको सुरु तलबमान ४३ हजार ६८९ छ । मर्यादा क्रममा पछि रहेका उपसेनानीको तलब ४५ हजार १०३ छ । सुरक्षा निकायतर्फ पनि प्रहरी निरीक्षकको तलबमान भने निजामतीसरह छ ।
निजामती सेवाका राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरुको तलब मर्यादा क्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारी सरह बनाउनुपर्नेछ । सर्वोच्चले कर्मचारीको मनोबल उच्च राख्न आगामी आव २०८१÷०८२ को सुरुबाट नै सुरु तलबमान आवश्यक समायोजन गरी विभेद र असमानता सम्बोधन गर्न भनेको छ ।
समान मर्यादा क्रममा रहेका निजामती सेवाका सहसचिव तथा सो सरहका अन्य पदमा रहेका कर्मचारीभन्दा मर्यादा क्रममा पछि रहेका सुरक्षा निकायका अधिकारीको पारिश्रमिक बढी छ । सहसचिवलाई मर्यादाक्रमको १६ औँ स्थानमा राखिएको छ । जसको तलब ५६ हजार ७८७ छ तर १७ औँ नम्बरमा रहेका सहायक रथी, प्रहरी नायब उपरीक्षक लगायतको पारिश्रमिक ६० हजार ९५० छ । सरकारले साउन १ देखि समान बनाउनुपर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार