कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ लोकार्पित

नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार ११:१०:५५

१५ साउन, काठमाडौं । कथाकार गोपी मैनालीको कथा संग्रह विशृङ्खल सपना लोकार्पित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यकार एवं प्रशासकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शनिबार विशृंखलित सपना लोकार्पण गरेका हुन्।
प्राज्ञ काइँलाले कथाकारबाट विशृंखलित सपनामा समाजका विषयवस्तुलाई सरल ढंगबाट प्रस्तुत गरेको बताउँदै आउँदा दिनमा अझै गहकिला कथा प्राप्त होस भन्ने शुभकामना दिए। गुरुप्रसाद मैनालीपछि अर्को मैनालीले सोही स्तरको कथा पस्किएकोमा उनले खुसी व्यक्त गरे।
समालोचक प्रा. डा. लेखप्रसाद निरौलाले कृतिमाथि समीक्षा गर्दै शब्द, संरचना, प्रस्तुति र कथावस्तुका आधारमा मैलालीका कथा उच्च कोटिको भएको बताए। प्रत्येक कथा मानवीय संवेदना र अनुभूतिको विशिष्ट प्रस्तुति रहेको उनको भनाइ छ। मैनालीको समालोचनाको कृति समीक्षा गरेको प्रसंग उल्लेख गर्दै उनका अभिव्यक्ति परिस्कृत घनत्वतर्फ रहेको उनको बुझाइ छ।
अर्का समीक्षक अनिता कोइरालाले कथा मानवीय संवेदना, मनोविज्ञान, सामाजिक परिवेश, माया, बात्सल्यका आधारमा निकै उच्च श्रेणीको भएको विचार व्यक्त गरिन्।
पूर्वमहालेखा परीक्षक टंकमणि शर्माले इमान्दारी र सदाचारका उदाहरणीय पूर्वप्रशासककाट मैनालीबाट यति राम्रा कथा सिर्जना भएकोमा बधाई दिँदै सबै पूर्व प्रशासकलाई आफूले भोगे(देखेको कुरा लेखेर राष्ट्र सेवा गर्न अनुरोध गरे।
वरिष्ठ कथाकार विजय चालिसेले आफू मैनालीका सबै विधाका सबै रचनाको पाठक भएको बताउँदै उनका प्रस्तुतिमा नवीनता र विशिष्ट अभिव्यक्ति रहने उल्लेख गरे। मैनालीका कथामा पनि उनको निबन्धकीय व्यक्तित्वको छाप रहेको प्रसंग उनले कोट्याए।
प्राज्ञ दिनेशराज पन्तले पनि मैनालीका कथा प्रवृत्तिका विविध कोणबाट प्रकाश पार्दै गुरुप्रसाद मैनालीपछि अर्का जाजल्व कथा प्रतिभा पाएको उल्लेख गरे।
नायक सरोज खानालले राम्रा कथा लेखेर चलचित्र र नाटकको स्तर उकास्न मैनालीजस्तै अरूले पनि योगदान दिनुपर्ने आवश्यकता औंल्याए।
सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वेदमणि घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका तर्फबाट राजेन्द्र केसीले कथाकार मैनालीले समाजमा रहेका पात्रलाई उठाएर आफ्नै समय, समाज र पात्रको अनुभूतिमा कथा लेखेको उल्लेख गरेका थिए।
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले आफ्नो परिवारका विषयमा बोल्न असजिलो हुने भए पनि दार्शनिक र साहित्यिक सन्दर्भ उल्लेख गरे। सुरभि साहित्य प्रतिगठानका अध्यक्ष वरिष्ठ आख्यानकार बाजुराम पौडेलले मन्तव्य दिँदै नेपाली निबन्धमा लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछानेपछि शीर्ष स्थान लिएका मैनालीले कथा क्षेत्रमा पनि अलग्गै पहिचान दिएको बताए।
कार्यक्रममा संवैधानिक निकायका पूर्वप्रमुखहरू, पूर्वगभर्नरहरू, पूर्वप्रहरी प्रमुखहरू, समाजसेवी, चालीस दशकदेखि साहित्यमा कलम चलाउने पुरानो पुस्ता र नवीन पुस्ताका सर्जक, साहित्यानुरागीलगायतको उपस्थिति थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआख्यानकार थापाको उपान्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ को विमोचन
माघ १४, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार