सुरुवा हुन चाहेका उपसचिवसम्मका कर्मचारीले १५ भित्र रितपूर्वक निवेदन दिनुपर्ने
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १८:६:८
१६ साउन, काठमाडौं । सरकारले सरुवाका लागि निवेदन दिन कर्मचारीहरूलाई भनेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीलाई निवेदन दिन आह्वान गरेको हो । मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर मन्त्रालय, निकाय वा अर्को कार्यालयमा सरुवा हुन चाहने उपसचिव तहसम्मका कर्मचारीले इच्छाएको ठाउँ उल्लेख गरेर निवेदन दिनुपर्नेछ ।
मन्त्रालयले निजामती ऐन २०४९ तथा नियमावली २०५० अनुसार मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १५ गतेसम्म सरुवा गर्ने उल्लेख छ । क्षेत्रीय स्तरका निकायहरूले असोज १६ देखि मसान्तसम्म सरुवा गर्ने नियमावलीमा व्यवस्था गरिएको छ । सोही अनुसार मन्त्रालयले बुधबार सूचना प्रकाशित गरेर निवेदन माग गरेको मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका उपसचिव कमल भट्टराईले जानकारी दिए ।
संघीय मामिला मन्त्रालयले उपसचिवसम्मको सरुवा भदौ १ देखि भदौ मसान्तभित्र गर्नेछ । मन्त्रालयले उपसचिवसम्मको सरुवा गर्नेछ भने सहसचिवको सरुवा मन्त्रिपरिषदले गर्ने ऐनमा उल्लेख छ । सहसचिवको सरुवा अवधि नहुने र सरकारले जतिबेला पनि सरुवा गर्न सक्ने भएकाले यसलाई दुरुपयोग गरेर १५–१५ दिनमा जथाभावी सरुवा गर्दै आएको छ ।
उपसचिव भट्टराईले सरुवा हुन चाहनेले सूचना प्रकाशित भएको १५ दिन भित्रमा निवेदन दिनुपर्नेछ । निवेदन इमेलबाट पनि पठाउन सकिने उनले जानकारी दिए । सरुवा हुन चाहनेले आफ्नो वैयक्तिक विवरण(पीआईएस) अद्यावधिक गरी इमेलमार्फत निवेदन पठाउन सक्ने व्यवस्था गरिएको छ । उपसचिवसम्म कम्तीमा दुई वर्ष सरुवा भएको स्थानमा राख्ने नियमावलीमा व्यवस्था भएपनि लागू हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
माघ १०, २०८१ बिहिबार
आवश्यकताअनुसार औषधि उपलब्ध गराउने गरी व्यवस्था गर्नुपर्छ : मन्त्री पौडेल
माघ १०, २०८१ बिहिबार
सरकारी प्रणालीमा १९ लाख ७१ हजार किसान परिवार सूचीकृत
माघ १०, २०८१ बिहिबार
दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
स्थानीयको अवरोधले प्रसारण लाइन विस्तारमा ढिलाई
माघ १०, २०८१ बिहिबार