ऊर्जामन्त्री खड्कासँग विश्व बैंकका प्रतिनिधिको भेटवार्ता

नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १४:१५:१६

१७ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिसलेनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको कार्यकक्षमा आज भएको भेटमा विश्व बैंकले नेपालको ऊर्जा र सिँचाइ क्षेत्रमा गरेको सहयोग र विविध विषयमा छलफल भएको थियो ।
भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्र र दातृ निकायलाई साथमा लिएर सरकार अगाडि बढ्ने बताए । उहाँले अन्तर्राष्ट्रियस्तरमा विद्युत् बिक्री गर्न आवश्यक पर्ने ट्रान्समिटर लाइन निर्माणमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए ।
मन्त्री खड्काले आन्तरिक खाद्यान्न परिपूर्तिका लागि सिँचाइ क्षेत्रको विकास आवश्यक रहेकाले उक्त क्षेत्रमा समेत विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे । विकास निर्माणका क्रममा हुने वातावरणीय प्रभावलाई रोक्न आवश्यक रहेको उनको भनाइ थियो ।
ऊर्जामन्त्री खड्काले सरकारले १० वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको बताउँदै उक्त लक्ष्य हासिल गर्न विश्व बैंकको सहयोग आवश्यक हुने बताए । उनले विश्व बैङ्कको सहयोगमा बन्न लागेको अपर अरुण जलविद्युत् आयोजनाको काम चाँडो सम्पन्न हुने विश्वास व्यक्त गरे ।
भेटमा विश्व बैङ्कका देशीय निर्देशक सिसलेन नेपालको ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा वल्र्ड बैङ्कको सधैँ साथ र सहयोग रहने बताए । उनले अपर अरुण जलविद्युत् आयोजनालाई चाँडो सम्पन्न गर्नेगरी काम भइरहेको बताए । ऊर्जासँगै सिँचाइको योजनालाई वल्र्ड बैङ्कले प्राथमिकता दिने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छ : पूर्व राष्ट्रपति भण्डारी
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार