विकास निर्माणका कार्य समयावधिमै भइरहेको छः प्रमुख शाह

नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार २०:२:२६

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले विकास निर्माणका काम तीव्र गतिमा भइरहेको बताएका छन् । आज महानगरअन्तर्गत रहेको वडा नम्बर ८ को नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख शाहले विकास निर्माणका कार्य समयावधिमै सम्पन्न हुने बताए ।
“जसरी यहाँ भवनको मुहार फेरिएको छ, त्यसरी नै यो वार्डकै मुहार फेरिनेमा विश्वस्त छु । पशुपति क्षेत्र आफैँमा सम्पदाको क्षेत्र भएकाले यहाँको घर, बाटाहरू सम्पदामैत्री हुनुपर्छ । यसले हाम्रो सम्पदाको महत्व दर्शाउनुका साथै पर्यटनमा टेवा पु¥याउँछ । यसका लागि हामीले बजेट पनि विनियोजन गरेका छौँ”, प्रमुख शाहले भने ।
महानगर उपप्रमुख सुनिता डङ्गोलले भवन अभावमा सेवा प्रवाहमा भइरहेको कठिनाइ हटेको बताइन् । उनले भनिन्, “आज जसरी हर्षोल्लासका साथ नयाँ भवनको उद्घाटन भएको छ, त्यसरी नै यो भवनबाट निस्किदा सेवाग्राहीको मुहारमा उज्यालो देखियोस् । यति भएपछि मात्र यो भवनले पूर्णता पाउँछ । त्यसैले सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुहोला ।”
ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्व बोकेको वडा रहेको भन्दै यसलाई अझैँ आकर्षक बनाउन आग्रह गर्दै उनले देखिएको समस्या र रोकिएको विकास निर्माणका कार्य छिट्टै पुनःनिर्माण हुने बताइन् ।
वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले २२ वर्षपछि वडाले भवन पाएको बताए । उनले भने, “पशुपति विकास कोषमार्फत जग्गा पाएपछि धेरै सहयोगी हातका कारण हामी पुनःआफ्नै भवनमा फर्किएका छौँ । यहाँ आउने सेवाग्राहीले पहिलाभन्दा धेरै सेवा सुविधा पाउनेछन् भन्नेमा विश्वस्त हुन् आग्रह गर्दछु । यस वडामा रहेका सांस्कृतिक र ऐतिहासिकस्थललाई अगाडि बढाउन कुनै कसर बाँकी राख्ने छैन ।”
कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतम, राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, पशुपति क्षेत्र विकास समितिका सदस्य सचिव मिलनकुमार थापा, नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठलगायत उपस्थित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
बागमतीमा एम्बुलेन्सको भाडादर निर्धारण
माघ २४, २०८१ बिहिबार
भोली गण्डकी प्रदेशमा सार्वजनिक बिदा
माघ २१, २०८१ सोमबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार