पश्चिमसँग रुसको कैदी सम्झौता अन्तर्गत २६ जना रिहा

नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार २१:४२:४३

१७ साउन, काठमाडौं । रुस र छ पश्चिमी मुलुकहरू बीचको अदलाबदलीमा अङ्कारामा बिहीबार २६ जना कैदीलाई रिहा गरिएको टर्कीले घोषणा गरेको छ । रिहा हुनेमा अमेरिकी संवाददाता इभान गेर्शकोविच र अमेरिकी पूर्वमरिन पाउल ह्वेलन संलग्न छन् ।
रुसले हिरासतमा लिएका १६ पश्चिमी नागरिकको बदलामा दुई नाबालिगसहित १० रुसी नागरिकलाई सुम्पिएको टर्कीका राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा एमआइटी राष्ट्रिय गुप्तचर सेवाद्वारा आयोजित ‘ऐतिहासिक कैदी आदानप्रदान अभियान’ को प्रशंसा गरिएको छ ।
वाल स्ट्रिट जर्नलका पत्रकार गेर्शकोविचलाई जासुसी गरेको आरोपमा रुसी अदालतले १६ वर्षको काराबास सजाय सुनाएको केही सातापछि रिहा गरिएको थियो ।
गेर्शकोविच र ह्वेलनका साथै बेलारुसमा कैदमा परेका जर्मन नागरिक रिको क्राइगर, रुसी असन्तुष्ट इल्या याशिन र एक चेचेन पृथकतावादीको हत्या गरेको आरोपमा जर्मनीमा थुनिएका रुसी गुप्तचर कर्णेल वादिम क्रासिकोभ उक्त अदलाबदलीको हिस्सा रहेको विज्ञप्तिमा जनाइएको छ ।
रुसले मुक्त गरेका बन्दीहरूमा १३ जना जर्मनी र तीन जना संयुक्त राज्य अमेरिका गएका छन् । विज्ञप्तिमा संयुक्त राज्य अमेरिका, जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे, बेलारुस र रुसबाट कैदीहरूलाई अङ्कारा पठाइएको उल्लेख छ ।
“कैदी विनिमय अभियानअन्तर्गत कैदीहरूलाई संयुक्त राज्य अमेरिकाका दुई र जर्मनी, पोल्यान्ड, स्लोभेनिया, नर्वे र रुसका एक–एक विमान गरी कूल सात विमानमार्फत टर्की लगिएको थियो”, विज्ञप्तिमा भनिएको छ ।
टर्कीले ‘हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, रुस र जर्मनीबीच सबैभन्दा व्यापक कैदी आदानप्रदान भएको’ बताएको छ । “यो ऐतिहासिक अपरेसनका लागि वार्ताको च्यानलहरू एमआइटीले गरेको थियो र जुलाईमा विभिन्न पक्षहरूलाई टर्कीमा सँगै ल्याइएको थियो”, विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल्टिक राष्ट्र रूसी विद्युत गृहबाट अलग हुनु ‘स्वतन्त्रताको विजय’
माघ २५, २०८१ शुक्रबार
चीनद्वारा ल्याटिन अमेरिकामा अमेरिकाको ‘शीत युद्ध मानसिकता’ को आलोचना
माघ २५, २०८१ शुक्रबार
अरब लिग र ओआइसीको आकस्मिक सत्र बोलाउन हमासको आग्रह
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
नेपालबहस संवाददाता
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
सुबोधकुमार अधिकारी
माघ २५, २०८१ शुक्रबार
प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
माघ २५, २०८१ शुक्रबार
अपजसको भाडो : प्रहरीको विधेयक
माघ २५, २०८१ शुक्रबार
सरकारले नियुक्त गर्यो भूमि आयोग जिल्ला समितिमा १०१ जना सदस्य: नामावलीसहित
माघ २५, २०८१ शुक्रबार
जबर्जस्ती करणी र विद्युतीय कारोबार कसुरमा कर्मचारी पक्राउ
माघ २५, २०८१ शुक्रबार
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
माघ २५, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रमा निजी अस्पतालले पुर्याएको योगदान महत्त्वपूर्ण : अर्थमन्त्री पौडेल
माघ २५, २०८१ शुक्रबार
बाल यौन दुरूपयोगमा कृषिविज्ञ राईलाई २ वर्ष ६ महिना कैद सजाय
माघ २५, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्डकप : सङ्कटा क्लब थण्डर बोल्डसँग पराजित
माघ २५, २०८१ शुक्रबार
नेपाल–भारत सम्बन्धको लाभ 'आइटी' क्षेत्रमार्फत लिनुपर्छ: सञ्चारमन्त्री गुरुङ
माघ २५, २०८१ शुक्रबार