२० सदस्यीय जम्बो मन्त्रिपरिषद बनाएकोमा जनमतको असन्तुष्टि, मुख्यमन्त्रीलाई सोधियो स्पष्टीकरण
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १४:३४:१५
२५ साउन, काठमाडौं । जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । सिंहलाई स्पष्टीकरण सोध्ने निर्णय भएको प्रवक्ता शरदसिंह यादवले जानकारी लिए । मुख्यमन्त्री सिंहमाथि मन्त्रालय बाँडफाँट र राज्यमन्त्रीहरू थप गर्दा पार्टीसँग समन्वय नगरेको आरोप छ ।
सरकारको कामभन्दा अनावश्यक उद्घाटनहरुमा समय खर्चिएको र पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप समेत मुख्यमन्त्री सिंहमाथि छ । मुख्यमन्त्री सिंहले अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । जनमतका सांसदसमेत रहेका मुख्यमन्त्री सिंहलाई पार्टीसँग समन्वय नगरी महत्वपूर्ण निर्णय लिने गरेकोमा स्पष्टीकरण सोधिएको हो ।
बजेटमा संसदहरूका लागि पाँच करोड रुपैयाँ दिने विवादास्पद निर्णय गरेकोमा पनि पार्टीले मुख्यमन्त्रीसँग स्पष्टीकरण मागेको छ । यस्ता काम कारबाहीले जनमत पार्टीको छविमा बारम्बार आँच पुर्याएको जनमतको दावी छ । मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा एमाले, जनमत र लोसपाबाट एक–एक जना गरी पाँच राज्यमन्त्री थप गरेका थिए ।
१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए । यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए । यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो । मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वमा सरकार छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोगाउन सकिनेः मुख्यमन्त्री सिंह
भदौ २३, २०८१ आइतबार
पर्सामा चर्को आवाजका डिजे र लाउड स्पिकरमा रोक
भदौ २३, २०८१ आइतबार
चिकित्सा शिक्षा आयोगले मधेसलाई दियो एमबीबीएस अध्ययनका लागि ५० सीट
भदौ २२, २०८१ शनिबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार