चलचित्र 'अञ्जिला'को रिलिज मिति सारियो, अब फागुन २९ गते रिलिज हुने
नेपालबहस संवाददाता
साउन २६, २०८१ शनिबार ८:५६:३७
२६ साउन, काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र 'अञ्जिला'को रिलिज मिति सारिएको छ। पहिला माघ ११ गते रिलिज गर्ने योजना रहेको यो चलचित्र अब फागुन २९ गते रिलिज हुने भएको छ।
निर्देशक मिलन चाम्सले सबै पक्षहरू मिलाउने क्रममा रिलिज मिति सार्नुपरेको बताएका छन्। चलचित्रमा एञ्जिला स्वयं मुख्य भूमिकामा देखिनेछिन्, साथै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय रहनेछ। निर्माता प्रेम कुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन्।
चलचित्रको छायाङ्कन एञ्जिलाकै जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौंमा गरिएको छ। निर्देशक चाम्सले यो चलचित्रले फरक प्रकारको छाप छोड्ने दाबी गरेका छन्।
चलचित्र एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथामा आधारित छ, जसले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिने प्रयास गरेको छ। यद्यपि, यो चलचित्र ठ्याक्कै एञ्जिलाको बायोपिक भने नभएको निर्देशकले स्पष्ट पारेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली फिल्ममा अभिनय गर्न चाहन्छु : नवाजुद्दीन सिद्दिकी
भदौ २५, २०८१ मंगलबार
चलचित्र विकास शुल्क तिर्न र बक्स अफिस जडान गर्न बोर्डको ताकेता
भदौ २४, २०८१ सोमबार
फिल्म ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन
भदौ २३, २०८१ आइतबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार