प्रभु बैंकको नक्कली धन्दाले वित्तीय अराजकता निम्तने खतरा, अन्य बैंक र ग्राहकमा पनि त्रास
नेपाल बैंकर्स संघले पनि प्रभु बैंक काण्डमा चासो राखेको छ, पीडित पक्षले नेपाल राष्ट्र बैंकलाई घटनाबारे छानबिन गर्न उजुरी दर्ता गराउने तयारी गरिरहेको छ
नेपालबहस संवाददाता
साउन २६, २०८१ शनिबार १४:२१:४७
२६ साउन, काठमाडौं । नेपालको वित्तीय बजारमा प्रभु बैंकको नक्कली धन्दाको कारोबारले निकै चर्चा पाएको छ । २० बाणिज्य बैंक र अन्य वित्तीय संस्थामा खाता खोलेर रकम जम्मा गर्ने र आवश्यकता अनुसार कारोबार गरिरहेका लाखौँ खाताबाहक प्रभु बैंक काण्डले त्रसित छन् । प्रभु बैंकका ग्राहक मात्र हैन, राम्रो कारोबार गरिरहेका अन्य बैंकप्रति पनि आफ्नो सम्पती सुरक्षित हुने कुरामा सचेत बन्नुपर्ने अवस्था आएको छ । प्रभु काण्डले बैंकहरुप्रति आफ्नो सम्पती सुरक्षित हुने विश्वास र आधार गुम्दै गएको छ ।
प्रभु बैंकको काण्डले अब बाणिज्य बैंकहरुका नयाँ ठग्ने शैली विकास भएको हो कि भन्ने देखाउँछ । रकम लिने, भौचर दिने र पछि यो नक्कली हो भन्ने । यो प्रबृतिको ठगाइ निकै गम्भीर छ । १ करोड १९ लाखको झापा काण्डपछि प्रभु बैंकले विदेश जान बनाएको फेक स्टेटमेन्ट हो भनेर पनि प्रचार गर्न सुरु गरेको छ । तर, आफन्तले अमेरिकाबाट बोलाएको बखतमा जाने भिसामा बैंक ग्यारेन्टी चाहिन्छ । अब बैंकमा टन्न पैसा जम्मा भएका र अमेरिका आउजाउ गरिरहनेहरुले पनि यो बैंकबाट डराउनुपर्ने परिस्थिति बनेको छ ।
प्रभु बैंकका देशभरका ३१४ वटा शाखामध्ये कुनै एक शाखाबाट खाता खोलेर कारोबार गरिहेकाहरुले मात्र हैन, अन्य बैंकका खातावालले पनि प्रभु काण्डले सचेत हुनुपर्ने बनाएको छ । बैंक एउटा विश्वास हो । एउटा बैंकले विश्वास गुमाउने काम गर्दा त्यसको असर अरु बैंकहरुमा पनि पर्छ । बैंकप्रति विश्वास गुम्ने अवस्था आएमा कुनै पनि बाणिज्य बैंकहरुको पनि भविष्यमाथि प्रश्न उठाउन सक्छ प्रभु काण्डले । नक्कली विल र स्टेटमेन्ट काण्ड ठगीको नयाँ रुप हो भन्ने कुरा धरै बैंकहरु पनि भन्न थालिसकेका छन् ।
यसैले राज्य नियन्त्रित एउटा वित्तीय संस्थाबाट हुने र गरिने यस्ता नियोजित अपराधका बाछिटा अरु बाणिज्य बैंकहरुमा पनि नपर्ला भन्न सकिने अवस्था रहेन । तर, यस्ता डरलाग्दा काण्डहरु बजारमा छरपस्ट भएर लाखौँको खातावालको सम्पती जोखिममा पर्ने अवस्था आउँदा पनि राज्यका निकायहरु भने बेखबर छन् । मुख्य जिम्मेवार निकाय नेपाल राष्ट्र बैंक सुनेर पनि नसुनैझै गरिहेको छ । प्रभु बैंकबाट खातावालाको रकम ठगिने र हराउने घटना यो नयाँ होइन । यस अघि पनि धेरै आएका छन् । झापाको विर्तामोड शाखाकै हकमा पनि यो नयाँ घटना होइन ।
यसअघि रुकुम पश्चिमको प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम शाह यस्तै काण्डमा भारतबाट पक्राउ परे । प्रभु बैंक आठबीसकोट शाखामा एक करोड बढी आर्थिक अनियमितता गरी फरार भएका अपरेसन इञ्चार्ज शाहलाई बैंकले नै भारत भगाएको थियो । उनी एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरी सम्पर्कविहीन थिए । झापाको यहि शाखाबाट यसअघि एकजना अग्रवाल थरका व्यक्ति र हेमन्त नामका व्यक्ति पनि ठगिएका थिए ।
पहिलो विज्ञप्ती
१ करोड १९ लाखको झापा काण्डपछि बैंकले दुई वटा विज्ञप्ती निकालेको छ । दुवै विज्ञप्तीमा विल र स्टेटमेन्ट नक्कली भएको दावी प्रभु बैंकको छ । बैंकमा रकम जम्मा गर्न जाँदा सबै कुरा ठिक हुने तर, रकम चेक गर्न र निकाल्न जाँदा उसले दिएका भौचर र स्टेटमेन्ट नक्कली हुने कुरा ग्राहकलाई झुक्याउने प्रभु बैंक नियति नै भएको अरु बैंकका कर्मचारीले पनि भन्न थालेका छन् । झापाको बिर्तामोड शाखाबाट हराएको १ करोड १९ लाख रकमको विषय अर्को अपत्यारिलो झूट भएको ति कर्मचारीको भनाइ छ ।
प्रभु बैंकले बिर्तामोड शाखाबाट पीडित बनाएको घटनालाई नजिकबाट हेरिरहेका पीडित टिकाराम नेतीका नातेदारसमेत रहेका कानुन व्यवसायी तथा नागरिक अगुवा स्वागत नेपालले प्रभु काण्डबारे नेपाल बहससँग भने यो घटनाले बैंकहरुले नयाँ ठगीको शैली नेपाल भित्राएको आभास गराएको । रकम अपचलन गर्ने बिर्तामोड प्रभु बैँक शाखामा कार्यरत बजार प्रबन्धक प्रमोद सिटौलाल यतिबेला फरार छन् । उनलाई बैंकको केन्द्रीय व्यवस्थापन समूहले भगाएको र केन्द्रकै सेटिङ अनुसार भएको पीडित पक्षको दावी छ ।
नेपालले भने, ‘पहिले घरघरमा गएर पैसा लिने र विल दिने । पछि विल र सबै कागज नक्कली भनेर खातामा पैसा जम्मा भएकै छैन भन्ने प्रभु बैंकको शैली अरु बैंकमा सर्यो भने लाखौँ ग्राहक डुब्ने खतरा बढेको छ । भोली अरु बैंकले पनि यस्तै नगर्लान भन्ने विश्वास गर्न सकिने आधार भएन । नयाँ शैलीको ठगीको चलन सुरु भयो । अन्य बैंकहरुले पनि भोली यो गर्ने सम्भावना रहन्छ । राज्य र नियामक निकाय प्रभुकाण्डप्रति सजग नहुने हो भने भोली निकै ठूलो समस्या निम्तन सक्छ ।’
उनले जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला अदालत झापामा उजुरी दर्ता भएर छानबिन प्रक्रिया अगाडी बढेको जानकारी दिए । नेपालले नेपाल राष्ट्र बैंकमा उजुरी दिने तयारी भइरहेको बताए । उनले बिल दिने कर्मचारीको हस्ताक्षर मिल्ने तर, डकुमेन्ट नक्कली भन्ने कुरा बैंकको सरासर ठगीको नियत भएको बताए । प्रभु बैंककै सेटिङमा भगाइएका सिटौलाको परिवारले भने अहिले अपहरण गरिएको नाटक गरिरहेको नेपालले बताए । उनले टिकाराम नेतीको हकमा आमेरिका जाँदा नक्कली कागजात बनाएको भन्दै बैंकले सो रकम ठग्न खोजिरहेको बताए ।
नेपालले भने,‘प्रभु बैंकबाट यस्त मुद्दा अगाडी पनि भएका हुन् । प्रदीप अग्रवाल र हेमन्त नामका ग्रहकसँग बैंकले यस्तै गरेको थियो । पीडितको प्रहरीमा उजुरी छ । प्रहरी र अदालतमा उजुरी दर्ता छ । पैसाको खोजि गर्दा सिटौलाले डकुमेन्ट नहेरी व्यालेन्स हेर्न मिल्दैन पहिले डकुमेन्ट दिनु भनेका थिए । पछि खाना खान गएको होटलमा झोला छोडेर इनो किन्नु छ भन्दै भागे सिटौला । राष्ट्र बैंकमा उजुरी दिने तयारी भएको छ । अहिले सिटौलाको परिवारले अपहरण गर्यो भनिरहेको छ । प्रभु बैंकले यो अमेरिका जान बनाएको फेक डकुमेन्ट हो भन्ने आसय पनि देखाएको छ । अमेरिका जाँदा विद्यार्थीलाई मात्र बैंक ग्यारेन्टी हो । अरु भिसाका लागि चाहिँदैन । उनी अमेरिका जान दिएको निवेदन र बैंकले बनाएको डकुमेन्टको समय पनि १० महिना फरक छ ।’
दोस्रो विज्ञप्ती
बैंक तथा वित्तीय क्षेत्रको कानुनका जानकार ज्यौती दाहालले पनि प्रभु काण्डले वित्तीय बजारमा ठूलो समस्या ल्याउन सक्ने बताए । यो विषयलाई अरु बाणिज्य बैंकहरुले पनि हल्का रुपमा लिन नहुने दाहालको भनाई छ । बैंकहरुले यसरी पैसा लिने तर, नक्कली भयो भनेर ठग्ने प्रबृत देखियो यो निकै खतरापूर्ण कुरा भएको उनले बताए । यो रोग अरु बाणिज्य बैंकहरुमा पनि सल्कियो भने भोली भयवह अवस्था आउने सक्ने उनले बताए । बैंकले कागजात नक्क्ली भनेपछि त्यसको खोजि गर्नुपर्ने हो । कुन कर्मचारीले बनायो कारवाही गर्नु पर्ने हो । नक्कली बिल आयो भनेर ग्राहमा सुचना गर्नु पर्ने हो । अदालत जानुपर्ने हो । तर, प्रभु बैंक गएको छैन् । कुरा शङ्कास्पद छ , उनले भने ।
झापाको बिर्तामोडमा रहेको प्रभु बैँकको शाखामा कार्यरत बजार प्रबन्धक प्रमोद सिटौलाले ग्राहकको १ करोड १७ लाख रकम हिनामिना गरेका थिए । बैंकको कार्यकारी बोर्ड नै अहिले सिटौलाको बचाउमा लागेको छ । झापा बिर्तामोडका मञ्जु नेपालले राखेको फिक्स डिपोजिट खाताबाट सिटौलाले राखेको १ करोड १९ लाख रकम अपचलन भएपछि बैंकले आफूले दिएको रसिद पनि नक्कली भएको दावी गरेको हो । साउन २१ गते बैंकका नायब प्रमुख कार्यकारी मनिराम पोखरेलले निकालेको अर्को विज्ञप्ति ठगी नियतबाट प्रभुबैंकमा यस्ता घटनाहरु भइरहेको थप प्रष्ट बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार