कामना सेवा विकास बैंकको प्रमुख वित्तीय सूचकमा उत्साहजनक प्रगति
युवा सीईओको चमत्कार, बैंकको सम्पत्ति ५ वर्षमा २ गुणा भन्दा धेरैले बढ्यो
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार १८:०:७
२८ साउन, काठमाडौं । कामना सेवा विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरणले सबैलाई चकित बनाएको छ । १ वर्षको अवधिमा बैंकको नाफा करिब ६७ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै वितरणयोग्य नाफामा ५०० प्रतिशत माथिको वृद्धि देखिएको छ । नाफामा सुधार भएसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि वृद्धि भएको छ ।
बैंकको सम्पत्ती ५ वर्षमा २ गुणाले वृद्धि भएको छ । आर्थिक वर्ष ०७५ /७६ मा २६ अर्ब ६९ करोड रहेको जम्मा सम्पत्ति आर्थिक वर्ष ७९ / ८० मा ६२ अर्ब ५८ करोड पुगेको छ ।
बैंकमा संचालक समितिको अध्यक्षमा सुदिप आचार्य रहेका छन् । बैंकको संचालक समितिका अन्य सदस्यमा भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी, विश्वेश्वर सुवेदी, बलराम बराल र पवन कुमार शर्मा रहेका छन् । बैंकको स्वतन्त्र संचालक सदस्यमा सीता घिमिरे रहेकी छिन् ।
त्यस्तै बैंकको उच्च व्यवस्थापनमा सीईओ दिनेश थकालीदेखि डेपुटी सीईओमा विनय दाहाल रहेका छन् ।
कस्तो आयो कामना सेवा विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०८०–८१ के चौथो त्रैमासको वित्तीय प्रतिवेदनः
खुद मुनाफा
गत आर्थिक वर्षको चौथो त्रैमास अर्थात् १२ महिनाको अवधिमा बैंकले ६० करोड ३२ लाख खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ३६ करोड १३ लाख बराबर खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफा ६६.९३ प्रतिशत बढेको छ ।
खुद ब्याज आम्दानी र संचालन मुनाफा
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २ अर्ब ६ करोड बराबर खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २ अर्ब १२ करोड खुद ब्याज आम्दानी गरेको छ । यसरी खुद ब्याज आम्दानी २.७८ प्रतिशत बढेको छ ।
त्यस्तै, संचालन मुनाफा ५३.०८ प्रतिशत बढेर ९७ करोड ८४ लाख पुगेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा संचालन मुनाफा ६३ करोड ९१ लाख थियो ।
प्रतिशेयर आम्दानीः
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १८.३८ रुपैयाँ हुन आउँछ । एक वर्ष अघि प्रतिशेयर आम्दानी ११.०१ रुपैयाँ थियो ।
वितरणयोग्य मुनाफाः
कम्पनीको वितरण योग्य मुनाफा ३५ करोड ७८ लाख रहेको छ । अघिल्लो आर्थिक वर्ष वितरणयोग्य मुनाफा ५ करोड २७ लाख थियो ।
निक्षेप, कर्जाः
कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५९ अर्ब ६ करोड निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष २०७९/८०को असार मसान्त र अहिलेको तथ्याङ्कलाई दाँजेर हेर्दा कम्पनीको निक्षेप संकलन १०.४६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ४.८९ प्रतिशतले बढेको छ ।
जगेडा कोष, संचित मुनाफाः
जगेडा कोष २५.३९ प्रतिशतले बढेर १ अर्ब ७५ करोड पुगेको छ भने संचित मुनाफामा ३५ करोड ७८ लाख संचित छ ।
किताबी मूल्यः कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १६४.४८ रुपैयाँ आउँछ ।
निष्क्रिय कर्जाः
कम्पनीको खराब कर्जा वृद्धि हुँदै ३.२१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा खराब कर्जा ३.०९ प्रतिशत थियो ।
आधार ब्याजदर, स्प्रेडदरः
बैंकको आधार ब्याजदर घट्दै ९.२० प्रतिशत पुगेको छ । स्प्रेडदर ४.५९ प्रतिशत छ । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा स्प्रेडदर ४.५९ प्रतिशत थियो ।
ठूला शेयरधनी:
कम्पनीमा सबै भन्दा धेरै शेयर तुलसा पाण्डेको नाममा रहेको छ । बैंकको पाण्डेको २ दशमलव ४३ प्रतिशत शेयर स्वामित्तव रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
भदौ २३, २०८१ आइतबार
अघिल्लो वर्षभन्दा विकास बैंकहरुले कमाए ४७ करोड ७१ लाख बढी मुनाफा
साउन २१, २०८१ सोमबार
महालक्ष्मी विकास बैंकले ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने
साउन १७, २०८१ बिहिबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार