पूर्वराजाका ज्वाई सिंहसँग आफ्नो सम्पत्तिबाट सुमेरुको रकम फिर्ताबारे समितिले गर्यो छलफल
नेपालबहस संवाददाता
साउन २८, २०८१ सोमबार १४:३२:५७
२८ साउन, काठमाडौं । सहकारी ठगी सम्बन्धमा छनबिन गर्न बनेको संसदीय विशेष समितिले सोमबार सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग छलफल गरेको छ । उनी पूर्वराजाका ज्वाई हुन् । उनीसँग समितिले सुमेरुका वचतकर्ताको रकम सिंहको सम्पतीबाट फिर्ता गर्ने विषयमा छलफल भएको हो ।
सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित समितिको छानबिन अन्तिम चरणतिर पुगेको जनाएको छ । समितिले बचतकर्ताको रकम दुरुपयोग गर्ने सहकारीका सञ्चालकलगायतसँग सोधपुछ गरिरहेको छ । सोमबार सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी गराए ।
सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका थिए । सुमेरु सहकारीले यसअघि सुमेरु समूहको सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने प्रतवद्धता गरेको थियो ।
सुमेरुले प्रदेश रजिष्ट्रारको कार्यालयमा पेश गरेको वित्तीय विवरणअनुसार ८ अर्ब बढी दायित्व र १० अर्ब सम्पत्ति छ । सहकारी छानबिन समितिले केही दिनअघि मात्र बचतकर्ताको रकम दुपयोगमा जेलमा रहेका सञ्चालकहरूलाई बोलाएर सोधपुछ गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
सहमतिपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन
भदौ २४, २०८१ सोमबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार