वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा राजेन्द्र कोजु ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट सम्मानित
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार ११:५६:३
२९ साउन, धुलिखेल। ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजु सम्मानित भएका छन् । काठमाडौं विश्व विद्यालय स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन उनी धुलिखेल अस्पतालमा कार्यरत छन् ।
रोटरी क्लब अफ पनौती नवौं पदस्थापना समारोहका अवसरमा प्राडा कोजू सम्मानित भएका हुन्। रोटरी क्लब अफ पनौतीका संस्थापक अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्राडा सुमनराज ताम्राकारले दिवंगत माता गुणलक्ष्मी ताम्राकारको स्मरणमा रोटरी क्लब अफ पनौतीबाट वर्षेनी स्वास्थ्य विशेषज्ञलाई प्रदान गर्ने गरी सो सम्मान स्थापना गरे ।
पहिलो पटक वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजुलाई सो सम्मान प्रदान गरिएको हो । पनौतीको डायमण्ड हिल रिसोर्टमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उनलाई सो नगदसहित सम्मान प्रदान गरे ।
यसैगरी प्राडा ताम्राकारले पिताको स्मरणमा स्थापना गरेको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ काभ्रेपलाञ्चोक जिल्लाबाट २८ वर्षदेखि निरन्तर प्रकाशित काभ्रे टाईम्सलाई साप्ताहिकलाई प्रदान गरिएको छ । साप्ताहिकका कार्यकारी सम्पादक रमेशप्रसाद न्यौपानेलाई अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानका पूर्व गभर्नर सिए जितेन्द्रबहादुर राजभण्डारीले उनलाई सो नगदसहित सम्मान प्रदान गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण
भदौ २४, २०८१ सोमबार
सुत्केरी मृत्यु प्रकरणः सहमतिपछि शव पोष्टमार्टमका लागि पठाइयो
भदौ २२, २०८१ शनिबार
दुर्गा प्रसाइँको बीएन्डसीलाई एमबीबीएसका लागि ५० सीट
भदौ २२, २०८१ शनिबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार