त्रियुगा क्षेत्रमा सर्पदंशका घटनामा वृद्धि
नेपालबहस संवाददाता
साउन २९, २०८१ मंगलबार १६:२०:३९
२९ साउन, उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा गर्मी बढेसँगै सर्पदंशको घटनामा वृद्धि भएको छ । नगर क्षेत्रको जोगिदह, मोथ्याई, खैजनपुर, भुल्के, पोर्ताह, राजावास, चुहाडेसहित राजाबास गैरुन, असारी, लक्ष्मीपुर क्षेत्रमा सर्पको बिगबिगी बढेको स्थानीयवासी बताउँछन् । करेसाबारी, गोठ र खेतमा काम गर्दा करेत लगायतका विषालु सर्पको डसाइबाट स्थानीयवासी प्रभावित भएको नेपाली सेना भुल्के सामुदायिक सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
हाल त्रियुगा नगरक्षेत्रमा दैनिक पाँच देखि छ जनासम्म सर्पदंशका बिरामी उपचार केन्द्र भुल्केमा उपचारका लागि आउने गरेको उपचार केन्द्रका व्यवस्थापन समिति अध्यक्ष पबित्रा गिरीले बताइन् । अधिकांश सर्पदंशका बिरामीहरू त्रियुगा नगरपालिका क्षेत्रबाट आउने गरेको सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
सर्पदंशका बिरामीहरू मध्ये धेरैजसो रातिको समयमा खेतमा पानी लगाउन जाने र घरवरपर काम गर्ने, गोठमा साँझ बिहान काम गर्ने भएको स्थानीय ज्ञानबहादुर बस्नेतले बताए । साउनको पहिलो सातादेखि तेस्रो सातासम्ममा एक सय ५० भन्दा बढी सर्पदंशका बिरामीको उपचार गरिएको र उनीहरू निको भएर घर फर्किएको सर्पदंश उपचार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार
कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई अनशनबाट हटाउन खोज्दा झडप
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार