‘मेरो पिताको अपमान गरियो, म देशवासीसँग न्याय माग्छु' : हसिना
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १३:४:१२
३० साउन, नयाँ दिल्ली । भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडे पछि पहिलो पटक मुख खोलेकी छिन ।
उनले भनिन, ‘बंगबन्धु शेख मुजिबुर रहमान, जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ।’
‘उनीहरू ९प्रदर्शनकारीहरूले० मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु ।’ शेख हसिना बंगलादेश छोडेर अगस्ट ५ मा भारत पुगेकी थिइन । त्यसपछि उनी यहीँ छिन् ।
शेख हसिनाको यो बयान उनका छोरा सजीब वाजिद जोयलाई उद्धृत गर्दै आएको हो । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
शेख हसिनाले बंगलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिब उर रहमानको पुण्यतिथि मनाउन आग्रह गरेकी छन्। मुजिब उर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो।
यसैबिच बंगलादेशको अन्तरिम सरकारले १५ अगस्टको सार्वजनिक बिदा रद्द गरेको छ । हसिनाले आन्दोलनमा मारिएकाहरुलाई श्रद्धाञ्जली अर्पण गरेकी छन् । हसिनाले विज्ञप्तिमा भनिन्, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन्। म उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु। उनिहरु सँग म छु, म जस्तै जो आफ्नो प्रियजन गुमाउनुको पीडा सँग जिउदै छन।’
आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिए । हसिनाले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनले रुसमाथि गर्यो १४४ ड्रोनबाट आक्रमण
भदौ २५, २०८१ मंगलबार
पोल्याण्डमा खडेरीको अवस्था गम्भीर बन्दै
भदौ २५, २०८१ मंगलबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार