शेख हसिनाविरुद्ध तेस्रो मुद्दा दायर
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १५:३५:५४
३० साउन, काठमाडौं । बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप मुद्दा दर्ता भएको छ । राजधानी काफ्रुल क्षेत्रको ढाका मोडल डिग्री कलेजका १८ वर्षीय विद्यार्थी फैजुल इस्लाम राजोनलाई गोली हानी हत्या गरेको आरोपमा पूर्व प्रधानमन्त्री हसिना बिरुद्ध मुद्धा दर्ता गरेको हो ।
बंगलादेशका मिडियाका अनुसार हसिनासहित २४ जना विरुद्ध मुद्दा दायर गरिएको छ। शेख हसिनाविरुद्ध दुई दिनमा दायर भएको यो तेस्रो मुद्दा हो। बुधबार राजोनका भाइ ३२ वर्षीय राजीवले ढाका महानगरीय मजिस्ट्रेट अहमद हुमायुन कबीरको अदालतमा मुद्दा दायर गरेका हुन ।
अदालतले वादीको बयान स्वीकार गर्दै काफ्रुल प्रहरी चौकीलाई पहिलो सूचना प्रतिवेदन ९एफआईआर० का रूपमा मुद्दा दर्ता गर्न निर्देशन दिएको छ। यसअघि सन् २०१५ मा उत्तराबाट सर्वोच्च अदालतका एक वकिललाई जबरजस्ती बेपत्ता पारेको आरोपमा शेख हसिना र अन्य चारजनाविरुद्ध मुद्दा दायर गरिएको थियो।
मंगलबार अबु सईद नामको किराना पसल मालिकको हत्याको आरोपमा हसिना र अन्य छ जना विरुद्ध यस्तै हत्याको मुद्दा दायर गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनले रुसमाथि गर्यो १४४ ड्रोनबाट आक्रमण
भदौ २५, २०८१ मंगलबार
पोल्याण्डमा खडेरीको अवस्था गम्भीर बन्दै
भदौ २५, २०८१ मंगलबार
इरानले रुसलाई मिसाइल पठाएको दाबीबारे इयु ‘अवगत’, तेहरानद्वारा खण्डन
भदौ २४, २०८१ सोमबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार