सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए दुई तिहाइ विश्वासको मत
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १८:३९:३१
३० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ बहुमत प्रदेश सभा सदस्यबाट विश्वासको मत प्राप्त गरेका हुन् ।
सभामुख भीम बहादुर भण्डारीले मत विभाजन गर्दा विश्वासको मतमा ‘हुन्छ’ भन्ने पक्षमा ३६ जना र ‘हुन्न’ भन्ने पक्षमा ८ जनाले मत दिएको घोषणा गरे । १ जना प्रदेश सभा सदस्य तटस्थमा मतदान गरेका छन् । ५३ सदस्यीय प्रदेश सभाको आजको बैठकमा जम्मा ४५ जना मात्रै उपस्थित रहेका थिए ।
मुख्यमन्त्री शाहको पक्षमा कांग्रेसको १८, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको ७ गरी ३६ जनाले मत दिएका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेङ्गी सङ्क्रमण बढ्दै, कीट व्यवस्थापनमा समस्या
भदौ १६, २०८१ आइतबार
विपक्षीको विरोधकाबीच सुदूरपश्चिम प्रदेशमा निजामती विधेयक पारित
भदौ ४, २०८१ मंगलबार
सुदूरपश्चिममा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै
साउन ३०, २०८१ बुधबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार