सुनका गहना किन्ने बहानामा चोरी, चोरीका सुन किन्नेसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार २२:२५:४७
३० साउन, काठमाडौं । काठमाडौँको न्यूरोडबाट सुनका गहना चोरी गर्ने र चोरीका सुन खरिद गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ । गहना चोरी गर्ने ललितपुरकी लिना नकर्मी र खरिद गर्ने भारत घर भई न्यूरोडमा सुन व्यवसाय गर्दै आएका चित्र रञ्जन हजारालाई पक्राउगरी कारबाही थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
काठमाडौँको न्यूरोडमा यही साउन २५ गते नारायण ज्वेलर्सबाट तीन महिला सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री चोरेर फरार भएकी थिइन् । उक्त विषयमा अनुसन्धान गर्दा चोरीमा संलग्न लिना नकर्मीलाई यही साउन २९ गते ललितपुरको पुलचोकबाट पक्राउ परिएको थियो ।
थप अनुसन्धान गर्ने क्रममा उनले चोरी गरेका सुनका गरगहना न्यूरोडमा रहेको जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने गरेको खुल्न आएपछि सञ्चालक हजारालाई पनि पक्राउ गरिएको आचार्यले बताउनुभयो । दुवैै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै प्रहरी वृत्त जनसेवा काठमाडौँमा पठाइएको छ ।
नकर्मीले पहिले पनि चोरी गरेको अन्दाजी १७ ग्रामको सुनको सिक्री सोही ज्वेलर्सलाई बिक्री गरेको खुल्न आएको छ । त्यस्तै उनको साथबाट आधिकारिकता पुष्टि हुन नसकेको अन्दाजी दुई तोला बराबरको सुनको सिक्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहत्याको अभियोगमा रोल्पा र डोटीबाट दुई जना पक्राउ
भदौ २५, २०८१ मंगलबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
भदौ २५, २०८१ मंगलबार
झापामा लागुऔषधको कारोबार बढ्दो
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार