देउवाका लागि प्रतिकूल देखिएका महामन्त्रीका प्रतिवेदन पूर्ण परिमार्जन नभएसम्म अनुमोदन नहुने
महमन्त्रीका प्रतिवेदन जस्तो पायो त्यस्तै भएर हुन्छ, मलाई अति टेन्सन भइसक्यो केन्द्रीय समितिबाट अनुमोदन हुने गरी मिलाउनुसः देउवा
नेपालबहस संवाददाता
भदौ १३, २०८१ बिहिबार ११:५२:५
१३ भदौ, काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकबाट पारित भएर आएका महामन्त्रीद्वयका प्रतिवेदन पूर्ण रुपले परिमार्जन नभएसम्म केन्द्रीय समितिबाट अनुमोदन नहुने भएका छन् । २३ साउनमा सुरु भएको बैठक भदौ ७ गतेसम्म सारेर महामन्त्रीका प्रतिवेदनमा सहमति खोज्ने प्रयास भएको थियो । सभापति शेरबहादुर देउवाले पटक पटक छलफल गरेर सहमति निकाल्ने प्रयास गरेपनि सफल भएन ।
यसपछि फेरी सहमति खोज्न भन्दै भदौ १६ गते आइतबार दिउँसो २ बजे बस्ने गरी बैठक सारिएको छ । महामन्त्रीद्वय गगन थापाले पेस गरेको सांगठनिक र विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्तावका कतिपय विषयमा सहमति जुटाउनुपर्ने देखिएकोले बैठक सारिएको थियो । त्यसयता सभापति देउवाले दुई सभापति र महामन्त्री मात्रै राखे छलफल गरेका थिए । बूढानीलकण्ठमा देउवाले उपसभापतिहरू र महामन्त्रीहरूबीच प्रस्तावका कतिपय विषयमा केन्द्रित रहेर छलफल गरेका थिए ।
देउवा निकट एक केन्द्रीय सदस्यले नेपालबहससँग भने, ‘भन्न नमिल्ने तर, महामन्त्रीका प्रतिवेदन पार्टीको हितमा छैनन् । २०८४ पछिको पार्टीका नीतिका विषयमा कुरा उठान गरिएको छ । ०८४ पछि अर्कै नेतृत्व आउँछ । यतिसम्म पनि महामन्त्रीले ख्याल गरेको देखिएन । चुनावी गठबन्धन भन्ने कुरा निर्णय गरेर हुने कुरा हैन, परिस्थिति अनुसार हुन्छ भन्ने कुरा पनि महामन्त्री नबुझि प्रतिवेदन बनाए । दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाइने भन्ने छ । यो पनि सान्र्दभिक भएन । धेरै कुरा परिमार्जन हुनुपर्छ । अझ पुर्नलेखन नै गर्नुपर्छ भन्ने आवाज अधिकांश केन्द्रीय सदस्यको छ । त्यसैले यही रुपमा दुई प्रतिवेदन केन्द्रीय समितिले अनुमोदन गर्दैन ।’
आज बिहीबार पनि देउवाले छलफल गरेका छन् । गत फागुनमा महासमिति बैठकमा पेस गरेको प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको थिए । यी विषयमा परिमार्जन नगरी अनुमोदनका लागि कांग्रेसमा सहमति हुने अवस्था छैन् ।
पार्टी केन्द्रीय समितिमा महामन्त्रीद्वयको प्रस्तावमा छलफल जारी रहेका बेला सभापति देउवाले यस प्रस्तावलाई परिमार्जित गर्न चाहेका छन् । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने छ । सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन् । त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
यसैले पनि सभापति देउवा सहजै र परिमार्जन नगरी केन्द्रीय समितिबाट अनुमोदन गराउने पक्षमा छैनन् । उनी पक्षका नेताहरु प्रतिवेदन पर्नलेखन हुनुपर्ने बताइरहेका छन् । देउवाले मध्यमार्गि बाटोबाट मिलाउन सके महामन्त्रीको पनि साख बच्ने र पार्टीमा पनि विरोध नआउने छलफल चलाइरहेका छन् ।
सभापति देउवासँग अहिले भइरहेको छलफलमा महामन्त्रीद्वयले आफ्नो अडान राखिरहेका छन् । यसअघि उपसभापतिसहित बस्ता प्रतिवेदनमा परिमार्जन गर्नुपर्ने विषय छैनन सभापति ज्यु भनेर देउवालाई मनाउने प्रयास गरेका थिए । उपसभापति धनराज गुरुङले छलफलमा खासै कुरा राखेनन् । अर्का उपसभापति पूर्णबहादुर खड्काले अब सभापति ज्यु र महाममन्त्रीले नै सहमति खोज्ने हो । प्रतिवेदनलाई सान्र्दभिक बनाउन सकियो भने पार्टीका लागि पनि राम्रो हुने र विवाद पनि नआउने गरी जाउँ भनेका थिए । उपसभापतिबाट खासै सहयोग पाउने नदेखेपछि देउवाले फेरी उनीहरुलाई छलफलमा बोलाएका छैनन, ती नेताले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार