सरकार निरीह भयो, माफियाले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा प्रणाली ध्वस्त बनाएः नेपाल
नेपालबहस संवाददाता
भदौ १५, २०८१ शनिबार १४:४३:५२
१५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणाली सरकारले नभइ माफियाहरुले चलाउने गरेको बताएका छन् । उनले माफियाको सञ्जालले नेपालका विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा ध्वस्त बनाएको दावी गरेका छ ।
नेपालको शैक्षिक क्षेत्रमा देखापरेका माफियाको चंगुलमा सरकार र सरकारी संयन्त्रहरु फसिसकेको उनको भनाइ छ । शनिवार काठमाडौँमा आयोजित वृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले सरकार माफियाका अगाडि निरीह रहेको बताए । नेपालको शैक्षिक प्रणाली र शिक्षण संस्थाहरूमा सुधार ल्याउन सबैभन्दा पहिले माफिया तन्त्रको अन्त्य हुनुपर्ने उनले बताए ।
माफियाको हातबाट शिक्षा क्षेत्र फिर्ता नल्याएसम्म अहिलेको शिक्षाबाट रोजगारीको अवसर सृजना गर्ने कुरा सम्भव नहुने उनको भनाइ छ । उनले माफियाका कारण विश्वविद्यालयहरू समय सीमा भित्र बस्न नसकेको र उपयुक्त शैक्षिक कार्यक्रमहरू बनाउन नसकेको बताए । विद्यार्थी संगठनहरूले पनि विश्वविद्यालय तहको शैक्षिक कार्यक्रमलाई विद्यार्थीहरूको हित अनुकूल हुने गरी अघि बढाउने पहल गर्न नसकेको नेपालले बताए ।
उनले भने, ‘यहाँ अनेक माफियाहरूले चलखेल गरिरहेका छन् । नेपालको एजुकेसन सिस्टमलाई खत्तम पार्ने षड्यन्त्र भइराखेको छ । ती सबै षड्यन्त्रहरूप्रति गम्भीर हुनुपर्ने आवश्यकता छ । र कसरी देशमा शिक्षा प्रणालीमा सुधार गर्ने हो ? दक्ष जनशक्ति तयार गर्ने हो ? योग्य जनशक्ति तयार गर्ने हो ? अब कुन कुन विषयमा आउने ५ वर्षमा कति जना व्यक्तिहरूलाई रोजगारी दिन सक्छौ ? त्यो हामी अगाडि सार्दैनौँ । त्यो सबै सन्दर्भमा पनि हामीले गम्भीरताका साथ ध्यान दिनु जरुरीभइसक्यो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिभावकले सहमति जनाएपछि मात्र सरकारले रसिया जाने विद्यार्थीलाई अनुमति दिने
भदौ २०, २०८१ बिहिबार
आगामी एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री
भदौ १४, २०८१ शुक्रबार
बुद्धका दर्शन र सन्देश शिक्षामा रुपान्तरित गर्नुपर्छः प्रधानमन्त्री
भदौ ९, २०८१ आइतबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार