प्रस्तावित १७ देशका राजदूतको आजदेखि सुनुवाइ, पहिलो चरणमा चार जना बोलाइयो
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार ११:५१:५७
१६ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिले आज आइतबारदेखि १७ देशका लागि सिफारिस राजदूतको सुनुवाइ सुरु हुँदै छ । प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना समितिले बनाएको छ ।
समितिले प्रस्तावित राजदूतमध्ये आज ४ जनालाई बोलाएको छ । समिति सभापति ईश्वरी न्यौपानेले प्रस्तावित राजदूतविरुद्ध उजुरी दर्ता गराउनेहरूसँग छलफल भइसकेकाले सुनुवाइ प्रक्रिया अघि बढाउन लागेको जानकारी दिइन् । समितिमा ९ उजुरी परेका छन् ।
मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिना, इजरायलका लागि धनप्रसाद पण्डित, भारतका लागि शंकरप्रसाद शर्मा र दक्षिण अफ्रिकाका लागि प्रस्तावित प्राडा कपिलमान श्रेष्ठविरुद्ध उजुरी परेका छन् । अरु १३ जनाविरुद्ध भने उजुरी परेको छैन ।
आज चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरलाई बोलाइएको छ । त्यसपछि क्रमशः अरुको सुनुवाइ हुनेछ । राजदूतहरूको कूटनीतिक क्षमता र ज्ञान, योग्यता, अनुभव तथा समानुपातिक र समावेशिताका साथै राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ को पालना नभएका विषयमा पनि समितिमा उजुरी परेका छन् ।
सरकारले राजदूत सिफारिस समानुपातिक र समावेशी प्रतिनिधित्व गर्नुपर्ने संवैधानिक व्यवस्था तथा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका पालना नगरेको भनी प्रश्न उठिरहेका बेला सुनुवाइ सुरु हुन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृह मन्त्रालयले नागरिकता समस्या समाधानका लागि बनायो अध्ययन समिति
भदौ ३१, २०८१ सोमबार
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कटहरिया नगरपालिकाको सम्पूर्ण सेवा ठप्प
भदौ ३१, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा
भदौ ३०, २०८१ आइतबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग
भदौ ३१, २०८१ सोमबार
विश्वकर्मा बाबाको मन्दिरमा सवारीसाधनको पूजा गर्दै सर्वसाधारण
असोज १, २०८१ मंगलबार
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
स्मार्ट फोनको युगमा टुकटुके मोबाइल झुन्ड्याएर सुत्नुपर्ने बाध्यता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
असोज १, २०८१ मंगलबार
कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग
असोज १, २०८१ मंगलबार
रास्वपाको राष्ट्रिय भेला आजदेखि सुरु हुँदै
असोज १, २०८१ मंगलबार