कर्णाली प्रदेशका मुख्यमन्त्री सवार हेलिकप्टर आकस्मिक अवतरण
नेपालबहस संवाददाता
भदौ १६, २०८१ आइतबार १९:३:४५
१६ भदौ, रुकुम । डोल्पाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सवार हेलिकप्टर रुकुम पश्चिमको आठबसिकोट नगरपालिकाको राडीमा आकस्मिक अवतरण गरेको छ ।
डोल्पाको त्रिपुरा सुन्दरी दर्शन तथा एक मेलाको अवलोकन गरेर फर्किने क्रममा मौसम खराबीका कारण मुख्यमन्त्री कँडेल सवार हेलिकोप्टर सिम्रिक एयरको नाइन एन–एकेडी कल साइन भएको हेलिकोप्टर राडी स्थित एक खेल मैदानमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज भट्टराईले जानकारी दिए ।
हेलिकोप्टरमा मुख्यमन्त्रीसहित उनकी श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख, सुरक्षा गार्ड र चालकसहित पाँच जना रहेका बताइएको छ । यहाँ आज बिहानैदेखि वर्षा भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा ऐन विपरीत कर्मचारी सरुवा, मुख्यमन्त्री कार्यालयमा उजुरी
भदौ १२, २०८१ बुधबार
नेपालगञ्जका चोकचोक जुम्लाका स्याउ
भदौ ९, २०८१ आइतबार
‘स्थानीय सेवा गठन ऐन कर्मचारीको हित प्रतिकूल नहोस्’
भदौ ६, २०८१ बिहिबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार