नेप्से १२७ अंकले बढ्यो, आज १३ अर्ब १० करोडको कारोबार
नेपालबहस संवाददाता
भदौ १७, २०८१ सोमबार १५:२२:६
१७ भदौ, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक सय २७ दशमलव ३२ अङ्कले उकालो लागेर दुई हजार आठ सय २३ दशमलव २५ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २२ दशमलव ९४ अङ्ले उकालो लागेर पाँच सय तीन दशमलव ८३ मा पुगेको छ । कूल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर रु १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुईमा कारोबार भयो ।
नेप्सेका अनुसार, नेशनल हाइड्रोपावर, वेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोगे्रसिभ फाइनान्स र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
लक्ष्मी उन्नति कोष चार दशमलव ७१, माईखोला हाइड्रोपावर तीन दशमलव ५९, एनआइसी एसिया फ्लेक्स एक दशमलव ८७, सनराइज फोकस्ड इक्विटी फण्ड एक दशमलव ८१ र सामुदायिक लघुवित्तका लगानीकर्ताले एक दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरु रु जलविद्युत परियोजनाले ७.०७ प्रतिशत कमायो नाफा
साउन २८, २०८१ सोमबार
एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा आकर्षक वृद्धि
साउन २७, २०८१ आइतबार
एसियन हाइड्रोपावर घाटामा, ५ करोड ५८ लाखकाे नोक्सानी
साउन २७, २०८१ आइतबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार