सहकारी छानबिन संसदीय समितिको म्याद थप गर्ने तयारी
नेपालबहस संवाददाता
भदौ १७, २०८१ सोमबार २०:३५:१०
१७ भदौ, काठमाडौं । सहकारी संस्थाहरूको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको समय अवधि थप हुने भएको छ। मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यअवधि थप्ने प्रस्ताव पेश गर्ने भएका छन्।
अध्ययन अनुसन्धान र सोधबुझको कार्यक्रम बाँकी रहेकाले समयावदी थप्नु परेको समितिको भनाइ छ। समितिका कार्यअवधि यही २३ गते सकिँदैछ। भोलि प्रतिनिधिसभा बैठकमा समिति सभापतिले कार्यअवधि थप सम्बन्धी प्रस्ताव पेश गर्ने र कति दिन थपिने भन्ने कुरा भोलि नै निर्णय हुने बताइएको छ ।
समितिका एक सदस्यका अनुसार भदौ अन्तिमसम्मको समय अवधि थपिने बताइएको छ। तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि १५ जेठमा एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
सहमतिपछि सहकारी पीडितले फिर्ता लिए आन्दोलन
भदौ २४, २०८१ सोमबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार