फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार ९:४३:२८
१८ भदौ, काठमाडौं । तीजको दिन पारेर यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रावायण’को आइटम गीत सार्वजनिक गरिएको छ । भोजपुरी भाषामा तयार पारिएको ‘करेजा निकरी’ बोलको गीतमा भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको गायन छ भने रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द छ । गीतमा निकिता चाण्डक, पल शाह र प्रकाश शाह नृत्य गर्दै प्रस्तुत छन् ।
पल र प्रकाशबीचको टकराव देखाउन खोजिएको गीतमा निकितालाई बोल्ड अवतारमा देखिएकी छिन् । फिल्ममा उनी यो गीतमा मात्र देखिनेछिन् । तराईंको मध्य मधेशको गाउँलाई सेटअप बनाएर गीत खिचिएको छ । यो गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्ममा पल दोहोरो भूमिकामा छन् । पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, योगेश भण्डारी, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, निमा पाण्डे आदिको पनि अभिनय रहेको फिल्मलाई अभिनेत्री पूजा शर्माले निर्माण गरेकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा
भदौ २४, २०८१ सोमबार
डिज्नी र रिलायन्सको मर्जर: भारतमा मनोरञ्जन क्षेत्रमा अम्बानीको एकाधिकार !
भदौ १५, २०८१ शनिबार
बलिउड फिल्म ‘शोले’ को मुम्बईमा स्पेशल स्क्रिनिङ हुने
भदौ १४, २०८१ शुक्रबार
आईजीपीको कोपभाजनमा परेका एआईजी ज्ञवालीको आजबाट अवकाश
भदौ २५, २०८१ मंगलबार
रास्वपाका सभापति रवि लामिछानेलाई पोखरामा कालो झण्डा, सहकारी पीडित निस्किए सडकमा
भदौ २५, २०८१ मंगलबार
प्रहरीले घर लगेर छाडेपनि पूर्वमुख्यमन्त्री कार्कीले फेरि सुरु गरे अनसन
भदौ २५, २०८१ मंगलबार
अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
भदौ २५, २०८१ मंगलबार
स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नसक्ने अवस्था छैनः मन्त्री पौडेल
भदौ २५, २०८१ मंगलबार
तनहुँको मादी नदीले बगाउँदा बालक बेपत्ता
भदौ २५, २०८१ मंगलबार
पूर्वमुख्यमन्त्री केदार कार्की अनशन स्थलबाटै पक्राउ
भदौ २५, २०८१ मंगलबार